Todays Nepal
No1 Nepal's Complete News Sites

अर्कैसंग दोस्रो विवाह गरेपछि मृत्यु भयो भनिएको श्रीमानको म्यासेज आएपछि

9,158

टीकाटालो गरिदिउ” सबैजना निर्णयमा पुगे । बिहे त पहिल्यै भएको उसको र मेरो पनि । बिहे भने पनि टिकाटालो भने पनि कुरा उहि त हो सामाजिक बैधताको । सरसामानहरु जुट्न थाल उसैगरी, आफन्तलाई खबर गर्न थालियो उसैगरी, केटाको बारे सोधीखोजी हुन्थ्यो उसैगरी जसरी पहिले बिहेमा भएको थियो । सबैकुरा उस्तैगरी हुँदै थिए केवल मन उस्तै थिएन । कहाँ कहाँ तिक्तता कहाँ कहाँ खिन्नता । जती राम्रो सोचे पनि जति खुसी हुन खोज्दा पनि मन त उदास नै भईहाल्थ्यो । कुन हो कुन कुराले चित्तै नबुझ्ने । अनि आफैंलाई सम्झाउथें यो टिकाटालो हो नी त । परिस्थीतिले एक्लै भएको उ र त्यस्तै भएकी म बिचको सम्झौता । एक्लै जिवन बाच्न गाह्रो हुन्छ भनेर गरेको सम्झौता । अनि उहि खुसी, उहि रहर उस्तै चाहानाको के सवाल ? तोकिएकै दिन टिकाटालो सम्पन्न भयो ।

हत्तपत्त समालिदैं भने “के भयो र मलाई ? केही भएको छैन ।” “कस्तो रातोपिरो भएकी ।” “सपना नराम्रो देख्दै थिए ।”
बुधबार बिहानै उसले दारीमा साबुन दल्दै भन्यो “ आज तिमिलाई सरप्राईज छ ।” “के सरप्राईज ?” “छिटो तयार होउ गाडी आईपुग्ने बेला भो ।” “कहाँ जाने नी ?” “सि.टी सेन्टर सिलिगुडी घुम्न जाने ।”

यति सन्नसाथ एउटा बेहोसी झन्कार शरिरभरी फैलिएर उड्यो त्यसैबेला हातमा बोकीराखेको शिशाको ग्लास भुईमा झरेर फुटिसकेछ । “सि टी सेन्टर नगएर अन्त कतै जाँदा हुँदैन ?” मैले स्वरलाई निम्जो बनाएर भने । उसले कुनै उत्तर नदिइ अन्यमस्यक भावले फुटेको ग्लास हेरेर मलाई हेर्न थाल्यो अनि पो डरका केही झड्काले दिमागका नसाहरु स्वाट्टै फुल्लीए । हतपत म शिशाका टुक्राहरु समेटन थाले ।

गाडी चढेर बाटो लाग्नासाथ मलाई आफ्नो बाहुमा यसरी चेप्यो कि निःश्वास लिन पनि म कहिन अनुभव गर्थे । आनन्द र रमाईलो को त के कुरा ? उता ड्राईभरले बिचको ऐनाबाट हेर्दा यस्तो दृष्य देखेर के सोच्छ होला भन्ने लाजले घरी घरी पानी हुन्थे । मेरो दोस्रो बिहे हुनेबेलामा कतिले मलाई भनेका थिए, तिमी त भाग्यमानी रहिछौ । त्यस्तो धनी राजसी केटासंग बिहे हुने भयो । अहिले म त्यही धनी राजसी लोग्नेको कारमा उसैको बाहुमा चेप्टीएर उही गरिब रोहनको यादमा जलिरहेकी थिए । बिहान सि टी सेन्टर नाम सुनेदेखी रोहन झल्झली आईरहेथ्यो । बिहेका शुरुका दिनमा रोहन र म बसमा कोचिएर सिटी सेन्टर घुम्न आउँदा भिड्ले उसलाई बसको पछाडी र मलाई अगाडी बनायो । पछाडीबाट उ उन्मादमय, अनुरागी मुस्कान छर्किन्थ्यो म तिर अनि अधैर्य मेरो मुूस्कान फुस्किहाल्थ्यो उसका लागि । सिटी सेन्टरमा हात समाउँदै चार पटक त लिफ्टमा तल्लो तला र माथ्लो ता ग¥यौं । एउटा पसलमा निकै बेर लगाएर साडी हेरे निकै मनपर्यो तर दाम सुनेपछि मन परेन भनिदिए । आइसक्रिम साटासाट गरेर खाँदाको रमाईलो र खुसी सम्झदा छाती असपट भएर फुट्ला जस्तो भायो । त्यस उकुसमुकुसबाट उम्किन मैले सक्दो जोड्ले मेरो लोग्नेको हात पन्छाए र पर झ्याल छेउमा सरेर बसे ।

“के भो किन यसरी तर्सिएर भागेकी ?” “केही हैन ” मैले उ पट्टी फर्किएर भने । “ओहो तिम्रो त आखाँ कति रातो ? अनुहार पनि मलिन, रोए जस्तै छ भन के भयो ?” “पहिले रोहन र म सिटी सेन्टरसंगै घुम्न आएका थियौं । आज उसको धेरै याद आइराछ ।” खस्न खोज्ने आशुलाई डिलमै रोकेर भने । मेरा पतिले मलाई ब्यङ्ग्य गर्दै भने “ यो रोहन भन्ने टपिक बाहेक अरु कुनै टपिकमा कुरा गर्दा राम्रो हुन्थ्यो की ?” उनको रुखो अनुहार र अजीब आखाँलाई हेरे मात्र केही बोलिन ।

सिटी सेन्टरको दोस्रो तलाको सपिङ मलमा पस्तै गर्दा एउटा सेक्युरिटीले पहिले रियुनियन रुपमा सम्पर्क गर्न सुझाएर गयो । त्यसैको उत्तरपट्टि ठुलो बोर्डमा रियुनियन रुम लेखिएको थियो । किन रहेछ ! ? कौतुहलताले हामी दुवै त्यस रुमा पस्यौं । पावरवाला चस्मा लगाएको एक सुन्दर युवकले एउटा पोको मेरो हातमा थमाइदिदैं भन्यो “मेडम ये आपका पिछलेवार छुटाहुवा सामान ले लिजिए ।” मैले अचम्बित हुँदै त्यो पोको अस्विकार गरे । तर त्यस युवकले मलाई सिसि क्यामेराको नजिक लगेर त्यो सामान मेरै थियो भन्ने प्रमाण देखाइ दियो । त्यो सामान पहिले रोहन र मसंगै आउँदा रोहनल किनको रहेछ । जब म भित्र साडी छान्दै थिए त्यहि बेला रोहनले यो सल मेरोलागि किनेको रहेछ । त्यो चस्मावाला सुन्दर केटोले मुस्काउदै भन्यो “ एक्चुअल्ली उस वक्त सर आपको सरप्राईज देनेको बोलरहेथे लेकिन पता नहि कैसे भुलके चलागया ।” अघिसम्म बाहिर निस्किन नदिइ भित्रै ठेलेर राखेको आशु अचानक भेलसरी बर्षियो आखाँबाट । त्यो पोको त मलाई रोहन कै छाया भेटे जस्तो लाग्यो । आशुले मेरो गाला, ओठ र घाँटी भिजेको थियो । तिनै भिजेका ओठले मैले त्यस रोहनको छायालाई पटकै पटक चुम्बन गरे । आखा, ओठ र गालामा टाँसे ।

यी सवै कुरा छेउमै उभिएर हेरिरहेका मेरा पतिले उस्तै रुखो स्वरमा आखाँ घोइरा पारेर एउटै शब्दले प्रतिक्रिया दिए “नाटक ।”
प्रविधिको सदुपयोग गर्दै यसरी छुटेका सामान उनिहरुकै हातमा फर्काइदिने ब्यवस्था मिलाउन सकेको रहेछ यस शहरले । मैले रोकिएको गलालाइ सजिलो पार्दै त्यस चस्मावाला केटोलाई भने “सुक्रिया ।”

रोहनले किनिदिएको सल घाटिमा बेरेर फेसबुक चलाइरहेकी थिए । एउटा फ्रेण्ड रिक्वेस्ट आएको रहेछ । कस्को रहेछ चेक गर्न रिक्वेस्ट लिस्टमा गए । नाम रोहन शर्मा, फोटो रोहन कै । म छाँगाबाटै झरे जस्ती भए । हत्तपत्त एसेप्ट गरे । कसैले रोहनको नाम र फोटोबाट आइडी बनाएर मलाइ पागल बनाउन खोजेको होला । कि यो कस्तो आश्चर्य हो ? अनेक सोचाइका धारा प्रवाहले टाउको फुल्ली रह्यो । अफलाईन भएको रहेछ । मैले नै म्यासेज बक्समा ‘हाइ‘ लेखेर छोडिदिए । बेलुका फेरी फेसबुक खोले दिउसोको जिज्ञासाले मन हतारिइरहेको थियो । फेसबुक अन हुनासाथ बिसओटा म्यासेज आएका रहेछन रोहन शर्माका ।
हाइ विमु !

तिमिलाइ फोटोमा मात्रै देख्न पाएर पनि ज्यादै खुसी छु । तिम्रो हाइ म्यासेजले त मे मरेतुल्य जीवनमा उर्भरा भरिदियो । विमु के लेखौं के नलेखौं । कुरा धेरै छन । विदेश नजाउ भन्थ्यौ आफ्नै जिद्धिले आए र जेल परेको छु । कतै सम्पर्क सभ्भव थिए, भर्खरै हिजोबाट जेलमा मोबाईल चलाउन पाएको छु । एउटा जेलरको दयाल उसैको मोवाइल । तिम्रो धेरै याद आउँछ । चिठि, फोन, खबर केही नहुँदा तिमिले मलाइ के सोच्दै छौ होला भन्ने पिरले रातदिन मरिरहन्छु । पारी साने मगरको छोरो दलजित पनि केही दिन अघी जेल परेको छ मैसंग । कसले पो सुनायो गाउँमा म समुन्द्रमा डुबेर मरेको हल्ला छ अरे भनेर । अनि पो झन पल पलमा मर्दैछु तिम्रो हालत सम्झेर । सबैकुरा लेख है विमु । भोली यती नै बेला फेरी एकछिन मोबाइल चलाउन पाउँछु । तिमिलाई माया गर्ने रोहन । म्यासेज पछि जेलड्रेसको फोटो पनि पठाएको रहेछ । दुब्लो, ख्याउटे निराश अनुहारमा झुस्स दारी जुगा ।

यस लामो म्यासेजलाई पटक पटक दोहोर्याएर पढे । धित मरुन्जेल आशु नसुकुन्जेल पढे र एक वाक्यमा जवाफ लेखिदिए “मैले दोस्रो बिहे गरे ।”

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: