Todays Nepal
No1 Nepal's Complete News Sites

नक्कली समाचार रोक्न गुगलले उठायो नयाँ कदम

7,932

विश्वका ठूला प्राविधिक कम्पनीहरुका लागि फेकन्यूज अर्थात् नक्कली समाचारहरु ठूलो समस्या बनिरहेका छन् ।

फेसबुकले पहिले नै आफ्नो वेबसाइटमा फेकन्यूज रोक्नका लागि विभिन्न गम्भीर कदमहरु उठाइसकेको छ र अब गुगलले पनि यस विषयमा सख्त रबैया अपनाएको छ।

यद्यपि, सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले यस सन्दर्भमा आधिकारिक रुपमा केही बताएको छैन । तथापि, उसले समाचारको लागि विद्यमान मापदण्ड अपडेट गरेको छ।

गुगलले आफ्नो न्यूज पोर्टल गुगल न्यूजमा फेक न्यूज रोक्नका लागि योजना बनाएको छ । यसको गाइडलाइन पेजमा एक नयाँ प्वाइन्ट जोडिएको छ, जसमा गुगलले न्यूज पोर्टलहरुलाई आफ्नो वास्तविक लोकेसन नलुकाउन आग्रह गरेको छ । यदि कुनै वेबसाइटले आफ्नो लोकेसन हटाएमा त्यसलाई गुगल न्यूजमा देखाइने छैन ।

यसअघि गत अप्रिलमा गुगलले आफ्नो सर्च इन्जिनमा फेकन्यूज रोक्नका लागि पहिलो टूल ल्याएको थियो। उक्त टूलमार्फत गुगल प्रयोगकर्ताले अटो कम्प्लिट फंक्सनको माध्यमबाट गलत तथ्यमा आधारित तथा घृणा फैलाउने खालका समाचार सामग्रीहरुको बारेमा गुगलमा उजुरी गर्न सक्दछन् । यसबाट गुगललाई गलत सूचना दिने सामाग्रीलाई रोक्ने तथा सही तथ्ययुक्त आलेखहरु पाठकसम्म पुर्याउनमा निकै सहयोग मिल्नेछ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: