Todays Nepal
No1 Nepal's Complete News Sites

सुन्दरीहरु बिच यस्तो देखिए रवि लामिछाने

5,755

सिजन मिडियाद्वारा पहिलोचोटी आयोजना गरिएको विवाहित महिलाहरुको कार्यक्रम “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल”का प्रतियोगीहरुका बीच एक कार्यक्रममा पत्रकारिता तथा सम्बन्धित विभिन्न समसामयिक विषयहरुमा अन्तरक्रिया गरिएको छ । प्रतियोगीहरुले पत्रकार रवि लामिछानेको जनतासँग सिधा कुराको विषयमा विभिन्न प्रश्नहरु सोधेका थिए ।

त्यस अवसरमा पत्रकार लामिछानेले उक्त प्रश्नको उत्तरहरु दिएका थिए । उनीहरुको क्षमता विकास तथा निडरपन कसरी बन्न सकिन्छ र कसरी क्यामरामा ढुक्क भएर कुराकानी गर्न सकिन्छ भर्ने विषयमा सिकाएका थिए । नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्यनजर राखी उनीहरुको व्यक्तित्व विकासका साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सही मार्ग निर्देशनको भूमिका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, ¥याफ्टीङ, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण पनि दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तैः माइती नेपाल, बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजिट, कल्चरल भिजीट र हस्पीटालीटी सम्बन्धी जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गुरमिङ गर्नेछन् । नेपालका विभिन्न कलाकार, पत्रकार, मानवअधिकारकर्मी, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रमका साथै आन्तरिक प्रतिभा तथा प्रतियोगितात्मक कार्यक्रमहरु पनि सञ्चालन गरिने छ ।

प्रतियोगिताका विजेताले “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल” को उपाधीसहित १ लाख ७५ हजार बराबरको टिभिएस स्कुटर, लेट मि इनको तर्फबाट १ लाख ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिनेछ र ४ दिने मलेसिया भ्रमण प्याकेजका साथै विभिन्न उपहारहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार बराबरको लाभा मोबाइल फोन साथै लेट मि इन को तर्फबाट १ लाख र ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिनेछ । त्यसका साथै विभिन्न उपहारहरु प्राप्त गर्नेछन् भने ४ दिने मलेसिया भ्रमण प्याकेज र विभिन्न उपहारहरु पाउने छन् । यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिने सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: