Todays Nepal
No1 Nepal's Complete News Sites

सिराहा मालपोत कार्यालयमा बम विस्फोट, तीन जना घाइते

4,608

सिरहा सदरमुकामस्थित मालपोत कार्यालयमा शुधmवार शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटमा परेर तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा सिरहा नपा १ का पवन पासवान, सिरहा नपा ७ का राजकुमार पासवान र उनका छोरा रोषण पासवान हुन् । उनीहरुको त्यहां स्थित अस्पतालमा उपचार भइरहके छ । अस्पतालमा समेत स्थानिय बासीन्दाको भिड लागेको छ ।

टाउकोमा गम्भीर चोट लागेका पवनको अवस्था गम्भिर छ । घाइते तीनै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए।

उनका अनुसार कुकर बम विस्फोट भएको छ। बम कसले विस्फोट गराएको विषयमा केही खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बम मालपोत कार्यालयको पहिलो तल्लामा भएको हो। विस्फोटपछि कार्यालयको कामकाज ठप्प भएको छ। बम विस्फोटका कारण सो क्षेत्रका सर्वसधारण त्रसित बनेका छन्। अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: