Todays Nepal
No1 Nepal's Complete News Sites

१४ वर्षका छोराले खेलेरै बनाइदिए आमालाई कंगाल

10,044

पछिल्लो समय बालबालिकाको खेल्ने शैली परिवर्तन भइरहेको छ। तर यो परिवर्तित शैलीले कहिलेकाहीँ अभिभावकलाई पनि निकै तनाव दिने गरेको छ। आयरल्याण्डको एक घरमा छोराले भिडियो गेम खेलेकै भरमा आमालाई कंगाल बनाइदिएका छन्।

आयरल्याण्डको कर्क शहरमा बस्ने ती किशोरले फिफ भिडियो गेम खेलेकै भरमा आमालाई कंगाल बनाइदिएका छन्। आयरल्याण्डकोसमाचार संस्था आइरिस मिररका अनुसार ती महिलाले आफ्ना छोरालाई केही दिनअघि आफैं प्लेस्टेशन फिफा २०१८ गेम ल्याएर दिएकी थिइन्। तर आमालाई पनि थाहा थिएन गेम खेल्नको लागि प्वाइन्टको आवश्यकता पर्छ र प्वाइन्ट किन्न पैसा लाग्छ।

ती किशोरले गेम खेल्दै जाँदा खेलाडीहरुको लागि प्वाइन्ट किन्दै गए। उनले गेममा प्वाइन्ट किन्दै जाँदा उता आमाको खाताबाट पैसा सकिँदै गयो। खाताको पैसाजति सकिएको थाहा पाएपछि ती महिलाले पछि आफूले गेम किनेको प्लेस्टेशनमा कुरा गरिन्। तर सोनी प्लेस्टेशनले यो गेम बयस्कको लागि भएको र बयस्कमात्र खेल्न सक्ने बताउँदै बच्चालाई गेम खेल्न दिनु आमाको नै गल्ती भएको बताएको छ। प्लेस्टेशनले गेममा खर्च भएको पैसा फिर्ता दिन अस्वीकार गरेको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: