Todays Nepal
No1 Nepal's Complete News Sites

दाजु बनेर आफ्नै श्रीमतीको कन्यादान !

398

आफ्नै श्रीमतीलाई आफ्नी बहिनी भन्दै आफू दाजु बनेर श्रीमतीको अर्कै युवकसँग विवाह गरिदिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले आफ्नै श्रीमतीलाई अविवाहित बताउँदै अर्कै युवकसँग बिहे गरिदिएका थिए । उनीहरुको यस्तो धन्दा गर्ने गिरोह नै रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । यो गिरोहले अघिल्लो दिन विवाह गर्ने र विवाह गरेर गएकी युवती भोलिपल्ट नगद र गरगहनासहित फरार हुने गरेको खुलेको छ । पछिल्लो पटक यस्तो घटना भारतको उत्तर प्रदेशको मुरादाबादमा भएपछि यो गिरोहको पर्दाफास भएको हो । यो गिरोहले अहिलेसम्म दिल्ली, हरियाणा, मुरादाबाद, मेरठ र अमरोहामा यस्तै नक्की विवाह गरिसकेको खुलेको छ ।

पछिल्लो समय १२ डिसेम्बरका दिन मुरादाबादका योगेश नामका एक युवकको प्रीती नामकी युवतीसँग विवाह भएको थियो । प्रीतीका श्रीमान रोहितले आफूलाई प्रीतीको दाजु भएको बताएका थिए । अर्की एक महिलाले प्रीती र रोहितलाई आफ्ना भाञ्जाभाञ्जी बताएकी थिइन् । योगेशका अनुसार विवाह गर्न उनी पूरै जन्तीसँग गएका थिए । बिहे गरेर प्रीतीलाई घर लिएर आए । त्यतिबेलासम्म सबै ठिक थियो । भोलिपल्ट बिहानै प्रीतीका दाजु रोहित घर आए र कुनै बहाना बनाएर प्रीतीलाई सँगै लिएर गए ।

योगेशले पछि हेर्दा घरबाट एउटा मोटरसाइकल, १ लाख ४० हजार रुपैयाँ नगद र करिब १ लाख रुपैयाँ बराबरको सामान हराएको थियो । त्यसपछि उनीहरुले प्रहरीमा उजुरी दिए । प्रहरीले मंगलबार रोहित र प्रीती दुवैलाई पक्राउ गरेको छ । प्रहरी पनि लामो समयदेखि यो गिरोहलाई पक्राउ गर्न प्रयासरत थियो । धेरैले बदनामीको डरले यस विषयमा उजुरी गरेका थिएनन् । प्रीती भनिएकी युवतीको वास्तविक नाम रजनी भएको खुलेको छ । रजनी र रोहित श्रीमान्श्रीमती भएको उनीहरुले स्वीकार गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: