Todays Nepal
No1 Nepal's Complete News Sites

उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्ध, दुबै देशका सेनाबीच गोली हानाहान

134

उत्तर कोरिया र दक्षिण कोरियाको सीमा नजिक दुवै देशका सेनाबीच गोली हानाहान भएको छ। एक जना उत्तर कोरियाली भगौडा सैनिकका कारण दक्षिण कोरिया र उत्तर कोरियाको उच्च सुरक्षा भएको सीमा नजिक दुबै देशका फौजले गोली हानाहान गरेका थिए ।

स्थानीय समय अनुसार विहानको समयमा उत्त। कोरियाली सैनिकले सीमा क्षेत्रको मध्य भाग नाघेका थिए । उनलाई खोज्दै आएका उत्तर कोरियाली सेना सीमा रेखा नजिक आइपुगेका थिए ।

त्यसको जवाफमा दक्षिण कोरियाको सेनाले चेनावनी स्वरुप २० वटा गोली चलाएका थियो । त्यसको जवाफमा उत्तर कोरियाले पनि गोली चलाएका आवाजहरु सुनीएका बीबीसीले जनाएको छ । ती भगौडा सैनिकलाई दक्षिण कोरियाली अधिकारीहरुले सोधपुछ गरेका छन्।

कोरियाली प्रायद्वीपमा तनाव चुलिएको बेला यस्तो घटना भएको हो। अघिल्लो महिनापनि सीमा क्षेत्रमा खटिएका एक जना उत्तर कोरोयाली सैनिकले अर्का एक साथीलाई गोली हान्दा उनी गम्भीर घाइते भएका थिए।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: