Todays Nepal
No1 Nepal's Complete News Sites

हातमा यी ९ रेखा हुने ब्यक्ति अति धनाड्य हुन्छन्

389

शरीरका अंगबारे बताउने समुन्द् शास्त्रमा हत्केलामा रहेका रेखाको महत्वबारे चर्चा गरिएको छ। यो शास्त्र अनुसार हाम्रो जीवनमा आर्थिक अवस्था के हुने भन्ने विषयमा रेखा हेरेर थाहा पाउन सकिन्छ। हत्केलामा हुने रेखा हेरेर भन्न सकिन्छ कि जीवनमा को ब्यक्ति धनाड्य बन्छन् भनेर। कस्तो हुन्छ धनाड्य बनेको हातको रेखा ?

१ हत्केला बाक्लो छ र औंलाको आधार बराबरी छ तथा भाग्य रेखा समेत एक भन्दा बढी छन् भने जीवनमा धन प्राप्त हुन्छ । यस्ता रेखा हुने ब्यक्तिलाई जीवनमा अचानक धन आइलाग्छ।

२ भाग्य रेखा हत्केलामा मोटोबाट पातलो हुँदै गएको हुन्छ। जीवन रेखा गोलो र शनि पर्वत अग्लो हुने ब्यक्तिलाई ब्यवसाय गरेर धन हात पर्छ। करोडपति बन्ने सम्भावना हुन्छ।

३ हत्केला बाक्लो छ र जीवन रेखाका साथै मंगल रेखा पनि गएको छ भन् यो ब्रम्हाको संकेत हो यसले तपाइँ करोडपति हुने जानकारी दिन्छ। यस्ता ब्यक्तिलाई जीवनमा पैत्रिक सम्पति समेत प्राप्त हुन्छ।

४ हत्केलामा भाग्य रेखा जीवन रेखाबाट टाढा छ र चन्द्र पर्वतदेखि निस्किएको रेखा भाग्य रेखा सम्म पुगेको छ भने पनि विदेश गएर धन कमाउने योग देखाउँछ।

५ भाग्य रेखा मणिबन्ध रेखाबाट निस्किएर सोझै शनि पर्वतमा पुगेको छ र सूर्य रेखा एक भन्दा अधिक छ भने सूर्य र शनिको प्रभावले त्यस्ता ब्यक्तिलाई अति धनी बनाउँछ।

६ चन्द्रमबाट एक रेखा निस्किएर भाग्य रेखा सम्म पुगेको र छ भाग्य रेखा पातलो हुँदै शनि पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्ति पनि सहजै करोडपति बन्न सक्छन्।

७ विवाह रेखा गुरु पर्वतमा पुगेको छ र हातमा मोटा रेखाको जालो छैन भने मस्तिस्क रेखा नफाटेका ब्यक्तिलाई पनि महिला वा ससुरालीको तर्फबाट नसोंचेको मात्रामा धन प्राप्त हुन्छ।

८ हातमा औंलाहरु सिधा छन् र जीवन रेखा गोलो छ एवं शुक्र पर्वतमा कोठी छ भने करोडपति बन्ने संकेत हो।

९ हत्केलामा भाग्य रेखा, बुध रेखा तथा मस्तिष्क रेखा त्रिकोणको चिन्ह बनाएको अवस्थामा छन् भने तपाइँ धनी बन्ने निश्चित छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: