Todays Nepal
No1 Nepal's Complete News Sites

अर्शी खानका पिताले छोरीको दराज हेर्दा भेटे यस्तो चीज, डरले रातभर गइनन् घर

605

बिगबोस सिजन ११ मा चर्चामा रहेकी भोपालकी मोडल अर्शी खान फेरि विवादमा तानिएकी छिन् । सधैंजसो कुनै न कुनै विवादमा फसिरहने अर्शीविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी गरिएको थियो । हालै भोजपुरी फिल्मकी अभिनेत्री महिमा पुरीले उनको अर्को रहस्य खोलेकी छिन् जसका कारण उनी रातभर घर जान सकिनन् ।

बिगबोसको एक भिडियोमा अर्शी खानले विकास गुप्तालाई एउटा घटनाबारे बताएकी छिन् । उनले भनेकी छिन् ‘एकपटक मेरो पापा मेरो मुम्बइको घरमा आउनुभएको थियो । म काममा गएकी थिएँ । उहाँले मेरो दराज खोलेर त्यहाँ सामानहरु मिलाउन थाल्नुभयो । त्यही बेला उहाँले मेरो दराजमा एउटा प्याकेट भेट्नुभयो । त्यसपछि उहाँले तुरुन्तै आमालाई फोन गर्नुभयो र निकै रिसाउनुभयो । लगत्तै आमाले मलाई फोन गरेर यो सब के हो भनेर गाली गर्नुभयो । त्यो दिन रातभर म घर गइन र साथीकहाँ बसें ।’ अर्शीले अगाडि भनेकी छिन् ‘भोलिपल्ट मैले साथीलाई सँगै घर लिएर गएँ । अनि बाबालाई त्यो प्याकेट साथीको भएको बताएँ ।’

भोजपुरी हिरोइन महिमा पुरीले अर्शीले भनेको त्यो साथी आफैं भएको एक अन्तरवार्तामा बताएपछि अहिले हल्लाखल्ला भएको हो । महिमाका अनुसार सुरुका दिनमा उनी र अर्शी रुममेट थिए । महिमाका अनुसार अर्शीका पिताले भेटेको प्याकेट कण्डमको थियो । अर्शीले भनेका कारण उनले सबै दोष आफूले लिएकी थिइन् । त्यसपछि अर्शीका पिताले आफूलाई सम्झाएर त्यो प्याकेट आफूलाई फिर्ता दिएको महिमाले बताएकी छिन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: