Todays Nepal
No1 Nepal's Complete News Sites

पृथ्वीनाराण शाहपछि सबैभन्दा ठूलो संघर्षको नेतृत्वको अवसर मलाई प्राप्त भयो, यस्तो बिरलै मानिसहरुलाई प्राप्त हुन्छ – प्रचण्ड

78

पृथ्वीनाराण शाहपछि सबैभन्दा ठूलो संघर्षको नेतृत्वको अवसर मलाई प्राप्त भयो, यस्तो बिरलै मानिसहरुलाई प्राप्त हुन्छ – प्रचण्ड (भिडियोसहित)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व आफूले गर्न पाएको बताएका छन् ।
बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपाल निर्माणको नेतृत्व आफूले गर्न पाएको बताए ।

उनले भने, ”पृथ्वीनाराण शाहपछि सबैभन्दा ठूलो संघर्षको नेतृत्वको अवसर मलाई प्राप्त भयो, यस्तो अवसर बिरलै मानिसहरुलाई प्राप्त हुन्छ । मैलै शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपालको नेतृत्व गर्ने अवसर पाएँ, सबै नेपाली जनताप्रति ऋणी छु ।” प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताए ।

कार्यक्रममा प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । संविधान ऐन कानुनको ब्याख्यामा भइरहेको बहसलाई समान्य भन्दै उनले नयाँ चुनावबाट जनताले फैसला गरिसकेको बताए । सोही कार्यक्रमा प्रचण्डलार्इ मञ्चकी अध्यक्ष बाबा बस्नेतले प्रमाणपत्रसहित सम्मान गरेकी थिइनन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: