Todays Nepal
No1 Nepal's Complete News Sites

जापानमा कम्पनी दर्ताको लागि चाहिने पूँजी अब कम हुने

37

जापानमा नयाँ कम्पनी दर्ता गर्न आवश्यक रकम हालको ५० लाख अर्थात ५०० मान येनबाट कम गर्न जापान सरकारले तयारी थालेको छ । बिशेष गरी बिदेशीहरुलाई जापानमा ब्यवसाय गर्न सहज बनाउने उदेश्यले यस्तो गर्न लागिएको जिजी प्रेसले जनाएको छ ।
बिदेशीहरुले बिजनेस भिसाको लागि निबेदन दिंदा ५०० मान येन पूँजी सहितको कम्पनी दर्ता गर्नुपर्ने हालसम्मको प्रणालीलाई सरकारले सुधार गरी बिदेशीहरुलाई जापानमा ब्यवसाय गर्न प्रोत्साहित गर्न खोजिएको बताईएको छ । यसो गर्दा बिदेशी बिद्यार्थी तथा आर्थिक रुपमा सम्पन्न नभएकाहरुले पनि ब्यवसाय गर्न सक्ने बातावरण बन्ने सम्बन्धित अधिकारीहरुको अनुमान छ ।

नयाँ ब्यवसायको लागि सम्बन्धित नगरपालिका लगायत स्थानिय निकायबाट सस्तोमा अफ़िसको लागि घर लिन र ब्यवसायिक परामर्श लिन सकिने ब्यवस्था पनि गरिन लागेको हो । यसले गर्दा नयाँ ब्यवसायीले कम लगानीमै ब्यवसाय स्थापना गर्न सक्ने भएकोले सुरुको न्युनतम पूँजीमा कम गर्ने योजना बनाईएको हो ।

ब्यवसायीले स्थानीय निकायबाट लिएको सेवालाई पनि पूँजीकै रुपमा गणना गरिने बताईएको छ । नयाँ नीति अनुसार न्युनतम पूँजी कति राखिने अझै स्पष्ट उल्लेख गरिएको छैन । सरकारले नयां नीतिलाई यहि आर्थिक बर्षमै लागु गर्ने योजना रहेको समाचारमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: