Todays Nepal
No1 Nepal's Complete News Sites

कोरियामा अबैध बसि हजारौ नेपालीको भाग्यमा तगारो नबनिदेउ

99

“बिदेशिनु रहर होइन बाध्यता हो ” यो उखान टुक्कालाइ नेपाली शब्दकोषमा थप गरेपनि फरक नपर्ला l किनकि यो शब्द आजकाल धेरै नेपाली युवा युवती ओठमा झुन्डिएको अतिनै लोकप्रिय भैसकेको छ l हुन पनि यथार्थनै हो कोहीपनि रहरले आफ्नो मातृभूमि छोडेर बिरानो मुलुकमा कामको लागि आउदैनथ्यो होला l देश छोड्नु ,बिदेशिनु यो त नेपालीको जन्मिदै ल्याएको भाग्य नै हो भन्दा पनि हुन्छ l

चाहे खाडीको तातो बालुवामा काम गर्न परोस वा अफ्रिकाको घनघोर जंगलमै किन नहोस तर बिर गोर्खालीका सन्तान सदै तत्पर छ बिदेशिनको लागि l आखिर यो एउटा बाध्यतानै हो नेपालमा बसेर के गर्ने त ? २/४ पैसा कमाउन रोजगार छैन l ब्यापार ब्याबसाय गर्न खोज्यो सुरक्षा छैन l सरकारी जागिर खोज्यो आफ्नो मान्छे ठाउंमा छैन अथवा कुनै सोर्स फोर्स छैन l अनि जीवन धन्नको लागि बलियो अधार के त ? आखिर कुरो आउछ उही बिदेसिनु l

बिदेशिनु पनि कहाँ कुन देशमा त ? खाडीमा गएर मासिक २० /२५ हजार कमाएर कसरि गुजारा चलाउने ? बालबच्चा को शिक्षादिक्षा अनि परिवारको खर्च कसरि धान्छ त खाडीको कमाइले जहाँ महंगी दिन दुइगुना रात चौगुना जस्तै बढिरहेको छ l

यस्तै यस्तै बाध्यतावस नेपालीहरु खाडी बाहेक तेस्रो मुलुकमा आफ्नो भाग्य खोजि रहेका छन् l सानो लगानीमा राम्रै कमाइ हुने देश कोरिया लाइ सबैले आफ्नो गन्तब्य मुलुक मध्येको पहिलो रोजाइमा राख्नु स्वाभाविक पनि हो l हिजो मात्र मलाई एकजना बर्दिया तिरको थारु भाइले इनबक्स मा म्यासेज गरेर भन्दै थिए “मैले २०११ मा जांच दिएर पास भए तर मेरो कोरिया जाने पालो आएन फेरी २०१४ मा जांच दिए तर पास हुन सकिन l यो पटक नि जांच दिउकी भनेर मिहनेत साथ् पढ्दै छु तर कोरियामा नेपाली धेरै अबैध बस्न थालेपछि नेपालको लागि कोटा घट्यो अब म के गरु ? दाइ तपाई त पत्रकार हो ति अबैध बस्ने हरुलाई नेपाल फर्काउने केहि उपाय छैन ?”

त्यस्तै काठमाडौँकि लक्ष्मी बहिनीको गुनासो नि त्यस्तै थियो उनि भन्दै थियिन “खुब मिहनेत गरेर कोरियन भाषा पढ्दै थिए तर नेपालको लागि यति थोरै कोटा देख्दा त अब फर्म नै नभरौंकि जस्तो लाग्दै छ lउनि अगाडी भन्दै थियिन आखिर किन बसेका होलान नि कोरियामा अबैध ? कति आफूमात्रै कमाउ भन्ने सोच भएका मान्छे हुन् ? कमसेकम नेपाल बाट कोरियामा आउन लाइन बसेका हरुको बारेमा त सोच्नु पर्छ नि कस्ता मानबता सम्म पनि नभएका मानिस होलान नि “?

यि त भए १/२ जना उदाहरण मात्र, यस्ता गुनासा तथा आक्रोशहरु इपिएस जांच पास गरि रोस्टरमा नाम चढेका बाट लिएर जांच दिन तयारी गरिरहेका हजारौ नेपालीहरुको रहेको विभिन्न सामाजिक संजालबाट स्पस्ट देख्न सकिन्छ l

कोरिया सरकारको पछिल्लो सूचनाले कोरिया आउन आतुर हजारौ नेपालीहरु निरास मात्र छैनन् कोरियामा अबैध बस्ने नेपाली हरुप्रति आक्रोशित पनि छन् l कुनै बेला नेपाललाइ १ नम्बर को सुचिमा राख्ने कोरियाले यो पटक किन यसरि कोटा घटायो त ? कोटा घटाउनु पूर्व नै सरकारले जानकारी गराएको थियो कि अबैध बस्ने हरुको आधारमा त्यो देश लाइ दिइने कोटा घट्ने छ l आखिर जे भनेको थियो त्यो भएरै छाड्यो l

कोरिया सरकारको मोटामोटी तथ्यांक अनुसार अझै पनि २ हजार देखि २५ सय सम्म नेपालीहरु कोरियामा अबैध भएको अनुमान छ l यति मात्र होइन पछिल्लो समयमा भूकम्प राजनीति अश्थिरता आदिको कारण देखाउदै शरणार्थी भिषा लिनेहरुपनि बढेका छन् l आखिर ” मै लाउ मै खाउँ” भन्ने प्रबृति कहिले सम्म l त्याति मात्र होइन कोरिया सरकारले यदि तोकेको समयमा स्वच्छाले नेपाल फर्किएमा अबैध भएपनि पुन जांच दिएर कोरिया आउन पाउने ब्याबस्था पनि मिलाएको अबश्थामा अझै पनि अबैध बस्नु पर्ने कारण के ?

आखिर किन नेपाली हरुको भाग्यमा तगारो बन्ने त ? अब अबैध कामदारले कि त तोकेको समयमा नेपाल फर्किनु पर्छ होइन भने कोरिया सरकारले नेपालको लागि कोटा घटाउनुमा यहाँ अबैध रुपमा काम गर्ने नेपालीहरुले नैतिक जिम्मा लिनै पर्छ l

कोरिया आउन लाइनमा बस्ने सबै हाम्रै दाजुभाई दिदीबहिनी हरु हुन् l यदि हामि सच्चा नेपाल आमाका छोराछोरी हो भने पैसा मात्र नहेरौ तोकेको समयमा नेपाल फर्की आफ्नो देश र दाजुभाई दिदीबहिनी पर्तिको उत्तरदाहित्व निभाउ l कोरियामा अबैध बस्ने सबैलाई चेतना भया l

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: