Todays Nepal
No1 Nepal's Complete News Sites

कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

52

किशन गौतम ,सोल
कोरियाले यो बर्षमा मात्रै १३ हजार २ सय ५५ जना अबैध कामदार पक्राउ गरि सोदेश फिर्ता गरेको छ l यहाको न्याय मन्त्रलायले बुधबार जनाए आनुसार गत मार्च देखि नोभेम्बरको बिचमा सो संख्यामा बिदेशी कामदार पक्राउ परेका हुन् l सो अबधिमा अबैध कामदार राख्ने २ हजार ५ सय ४९ कोरियन रोजगार दाता समेत पक्राउ परेका छन् l

सरकारले गत मार्च ६ तारिख , मे १५ ,सेक्टेम्बर ४ तथा नोभेम्बेर १७ तारिख गरि जम्मा ४ पटक ब्यापक धरपकड गरेको थियो l उक्त धरपकडको लागि न्याय मन्त्रलाय ,श्रम तथा रोजगार मन्त्रालय ,राष्ट्रिय योजना आयोग तथा सुरक्षा अधिकारि समेत गरि जम्मा ६५८ जना सरकारी कर्मचारी खटाएको बताएको छ l

पक्राउ गरिएका अबैध बिदेशी कामदारलाइ सोदेश फिर्ता गरिएको छ भने रोजागार दातालाइ २ करोड कोरियन वन अर्थात १८ हजार ३ सय ७० अमेरिकी डलर सम्म जरिमाना गरिएको जनाएको छ l

यसरि पक्राउपर्नेमा सबैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा काम गर्ने ६१.१ प्रतिशत बिदेशी कामदार छन् भने दोस्रोमा निर्माण तथा तेस्रोमा मनोरंजन संग सम्बन्धित कामदार छन् l
कोरियामा भ्रमण तथा मेडिकल भिषामा प्रवेश गरि लुकिछिपी काम गर्नेको संख्या कहिँ कम भएपनि भिषा अबधि समाप्ति पछी लुखिछिपी काम गर्ने बिदेशी कामदार संख्या भने सबैभन्दा धेरै छ l

गत बर्ष भ्रमण भिषामा कोरिया प्रवेश गरि लुकिछिपी काम गरिरहेका भियतनामी कामदार हरु ठुलो संख्यामा जेजु टापु बाट पक्राउ परेका थिए l पछिल्लो पटक प्रकाशित तथ्यांक आनुसार ४ लाख भन्दा धेरै बिदेशी कामदारहरु कोरियामा अबैध रुपमा काम गरिरहेका छन् l

कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

कोरियामा स्वदेशी कामदार र आप्रवासी कामदार बीच ज्याला अन्तर ठुलो रहेको छ l बैंक अफ कोरियाले गरेको एक सर्बेक्षण अनुसार स्वदेशी कामदारको तुलनामा बिदेशी कामदारले ३६ प्रतिशत कम ज्याला पाउने गरेका छन् l हालै मात्र सार्बजनिक गरेको रिपोर्टमा ओइसीडीका राष्ट्र मध्ये कोरियाको ज्याला अन्तर अत्यन्तै ठुलो रहेको बताइएको छ l

ओइसिडीका राष्ट्रहरुको औसत ज्याला अन्तर १३ प्रतिसत रहेको छ l जँहा कि स्वदेशिको तुलनामा विदेशीले ८७ प्रतिशत ज्याला पाउछन l जबकी कोरियामा बिदेशी कामदारले ६४ प्रतिशत मात्र ज्याला पाउने गरेको तथ्यांकमा देखाइएको छ l

त्यसैगरी कोरियामा बिदेशी कामदारको संख्या पनि ओइसिडीका राष्ट्र मध्ये कम रहेको छ l हाल कोरियामा बिदेशी कामदारको संख्या २ देखि ४ प्रतिशत छ भने क्यानाडा अस्ट्रेलियामा औसत २५ देखि ३० प्रतिशत बिदेशी कामदार छन् l त्यस्तै अमेरिका ,बेलायत ,जर्मनी लागएतका देशमा १० देखि २० प्रतिशत आप्रबासी कामदार रहेका छन् l

कोरियाको ज्याला अन्तर ठुलो हुनुमा सरकारको बिदेशी कामदार प्रतिको नीति जिम्मेवार रहेको पनि उल्लेख गरिएको छ l छोटो समयाबधिको लागि कम दक्षता भएका कामदारहरु बोलाइने तथा यसरि बोलाइएका कामदारले निम्न स्तरको ज्यालामा काम गर्ने भएकै कारण ज्याला अन्तर ठुलो रहेको समेत तथ्यांकमा उल्लेख गरिएको छ l

साथै स्वदेशी तथा आप्रवासी कामदार बीच समान ज्याला तथा समान कामको लागि सरकारले दक्ष कामदार भित्राउने नीतिमा परिबर्तन गरि समयावधि समेत थप गर्नु पर्ने सुझाब दिइएको छ l

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: