Todays Nepal
No1 Nepal's Complete News Sites

मलेसियामा नेपाली चेलीको कर्तुत: साथीहरुसंग विभिन्न बहाना बनाई पैतिस लाख लिएर फरार

82

मलेसिया स्थिति मलक्का राज्यको मजिस्थाना मिनायक टेक्नोलोजी कम्पनीमा कामगर्दै आएकी स्थाइ घर रामेछाप , गौसारा ३ भएकी मीन कुमारी नेवारले सोही कम्पनीमा कार्यरत करिब ३३ जना साथीहरूसंग विभिन्न बाहानामा मलेसियन आर .एम . एक लाख बीस हजार भन्दा बढी पैसा लिएर Dec 12 मंगलबार देखी बेपत्ता भएकी छन।

रोजगारीका शिलशिलामा मलेसियामा आएकी मिनले आफुसगै कम्पनीमा कामगर्दै आएका साथीहरूसंग कसैलाई जग्गा किनेको पैसा पुगेन म अर्को महिना फिर्ता गरि हाल्छु, भन्दै कसैलाई मेरो भाइ बिदेश जानलागेको छ पैसाको समस्यामा पर्यो भन्दै करिब ४० जान साथीहरूसंग पैसा लिएर फरार रहेको कुरा उक्त कम्पनीमा कार्यरत उनकै साथी भावना लिम्बुले जानकारी दिनुभयो ।

महिनौ काम गरेर जम्मा गरि राखेको पैसा साथी हो भनेर बिश्वास गरि उनलाई दिएका रहेछन्। खाइ नखाइ महिनौ कमाएर जम्मा गरेको रकम अभाव पर्यो भनेपछि साथीहरूले मलेसियाको २/४ सय आर एम देखि लिएर १८ हजार सम्म दिएछन् ।

पैसा लिएकी नेवार्नी बेपत्ता भएको थाहा पाउना साथ धेरैको आँखा रसायो भन्नू हुन्छ सोही कम्पनीमा कार्यरत उनकै साथी मुना पौडेल ।सो कम्पनीमा महिला र पुरुष गरि करिब पन्ध्र सय देखि दुई हजार नेपाली कार्यरत रहेकाछ्न । बेपत्ता नेवार्नीलाइ खोजी गर्न पीडित साथीहरू मलेसियाको नेपाली दूतावास सम्म पुगेर खोजी गर्दा सम्म अत्तो पत्तो नलागेपछि फर्किएका छ्न। दूतावासमा कुनैपनि कागजात बनाउन नाअएको र आएमा हामी नियन्त्रण गर्नेकुरा मलेसियाका लागि राजदुतावासबाट जानकारी गराएको कुरा भावना लिम्बुले जानकारी दिनुभयो ।

आफुले चलाउदै गरेको फेसबुक समेत डिस एक्टिभ गरेको र कोहि कसैसग केही नभनी एकाएक वेपत्ता भएपछि सापट दिएका साथीहरू ठगिएको महशुस गरेका हुन्। बेपत्ता भएकी मिनकुमारीले साथीहरू बाट लगेको पैसाको विवरण तल प्रस्तुत गरिएको छ : १)शुभद्रा मगर=18000

२)पम्फा माया थिङ=18000

३)सोम माया लिम्बू=700

४)निर्माया तामाङ्ग=10500

५)ज्ञ्यान कुमारी तामाङ्ग =5000

६)उषा मगर=4000

७)सबिना गोले =4000

८)सर्मिला तामाङ्ग=3300

९)ओममाया घले =3000

१०)मिनु कुमारी राई=3000

११)गिता बि .क=3000

१२)गाउमाया बि.क=3000

१३)भावना लिम्बू =3000

१४)मन्दावती राजबंशी =3009

१५)रबिना खत्री =2700

१६)कबिता पाख्रीन=2000

१७)पर्वता खड्का=1500

१८)सुमित्रादेवी मगर=4000

१९)माया थम्देल=1500

२०)फुलमाया तामाङ्ग =1100

२१)सरस्वती बिस्वाशी=1500

२२)बेलकुमारी राई=3000

२३)बिष्णु तिम्सिना=9700

२४)भिमा लिम्बू=3000

२५)गिता कार्की=6500

२६)प्यारी लिम्बू=3500 २

७)जुना लामिछाने =5000

२८)अप्सरा ढकाल=1000

२९)कल्पना सुनुवार=6000

३०)मिना =800

३१)संगिता =2000

३२)कान्छिमाया तामाङ्ग =3000

३३)अस्मिता लिम्बू =1700

माथी उल्लेखित रकम मलेसियन रिङरेटमा हो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: