Todays Nepal
No1 Nepal's Complete News Sites

कोरियामा हुण्डी कारोबारमा संलग्न १२ नेपाली सहित २६ बिदेशी पक्राउ

84

दक्षिण कोरियामा हुण्डी कारोबारमा संलग्न २६ बिदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा १२ जना नेपाली नागरिक र १४ जना चिनिया नागरिक पक्राउ परेको कोरिया प्रहरीको अपराध शाखाले जनाएको छ। ‘अपराध अपरेशन’ नामक यो कार्वाहीको नतिजाले कोरिया सरकार  समेत चकित परेको बताईएको छ। हुण्डी कारोबारको आरोपमा यस अघि पनि नेपाली सहित  बिदेशी नागरिकहरू पक्राउ परेको भएपनि यो कार्बाहीले हुण्डी संग अपराघको ‘कनेक्सन’ समेत फेला परेको प्रहरीको दाबी छ। प्रहरीले सुवनमा रेष्टुरेण्ट व्यवसाय गर्ने ‘पि’ नाम गरेका ‘हुण्डी नाईके’सहित १२ जना नेपाली पक्राउ परेको पुष्टी गरेको छ। उनिहरू अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले सबै विवरण सार्वाजानिक गरेको छैन। हुण्डीको रकम चीनिया भ्रष्ट्रचारी संगठन देखि मुस्लिम अपराधिक संगठन सम्म पुगेको प्रहरीको अनुमान छ।

के हो हुण्डी ?

हुण्डी शब्द संस्कृतबाट आएको शब्द हो । संस्कृतमा यसको अर्थ कुनै कुरा सङ्कलन गर्न राखिएको भाँडो भन्ने बुझिन्छ । अझ स्पष्ट भन्नु पर्दा मन्दिरहरूमा रकम सङ्कलन गर्न राखिने दानपात्रलाई हुण्डी भनिन्छ । यसै कारण एक ठाउँबाट पैसा पठाएर अर्को ठाउँमा सङ्कलन गरिने भएकाले यस्तो प्रक्रियालाई हुण्डी भनिएको हुनुपर्छ ।

हुण्डी धेरै पुरानो रकम स्थानान्तरण गर्ने माध्यममध्येको एक हो । आधुनिक बैङ्किङ प्रणालीको स्थापनाभन्दा पहिला नै हुण्डीको अस्तित्व कायम रहिसकेको पाइन्छ । सन् १५८६ मा जन्मिएका बनारसी दासले व्यवसाय शुरू गर्न आफ्नो बाबुबाट २ सय रुपैयाँ हुण्डीको माध्यमबाट प्राप्त गरेको इतिहास पाइने हुनाले यसको परम्परा धेरै पहिलेदेखि नै रहेको स्पष्ट हुन्छ ।

त्यतिबेला नै सहयोगी हुण्डी, दर्शनी हुण्डी र मुद्दती हुण्डी गरी तीन प्रकारका हुण्डी प्रचलनमा थिए भनिन्छ । धेरै सहयोगी व्यक्तिहरू हुँदै अन्तिम भुक्तानी पाउने मानिससम्म रकम पुग्ने प्रकारको हुण्डीलाई सहयोगी हुण्डी भनिएको अनुमान गर्न सकिन्छ । यसको विपरीत दर्शनी हुण्डी भनेको चाहिँ प्राप्त हुनेबित्तिकै भुक्तानी दिनुपर्ने गरी जारी गरिएको हुण्डी र मुद्दती हुण्डी भन्नाले निश्चित समयपछि भुक्तानी दिने गरी जारी गरिएको हुण्डीलाई बुझिने गरेको थियो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: