Todays Nepal
No1 Nepal's Complete News Sites

सलमान नेपाल आउने पक्का, बाहिरियो कार्यक्रम सेडुअल

98

बलिउड सुपरस्टार सलमान खान नेपाल आउने पक्का भएको छ । ‘दबंग दि टुर’ कार्यक्रम अन्तर्गत विभिन्न देशमा हुँदै आएको कन्सर्ट सहितको सांगितिक कार्यक्रम नेपालमा हुँदा उनि काठमाडौं आउने पक्का भएको हो ।

सलमान तीन दिनसम्म नेपालमा रहने आयोजक संस्था आयोजक ओडिसी इन्टरटेनमेन्टले बताएको छ । सलमान आउँदो मार्च ९ तारिखमा काठमाडौं आइपुग्नेछन् । उनको साथमा वलिउडका चर्चित कलाकारहरु सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सँगसँगै रहने आोजकले जनाएको छ ।

मार्च १० अर्थात फागुन २६ गते टुँडिखेलमा हुने विशाल कन्सर्टमा सलमान उपस्थित हुनेछन् । जुन कार्यक्रममा सलमान ३ घण्टासम्म रहनेछन् । टुँडिखेल कन्सर्टमा ५० हजार बराबर दर्शक तथा सलमान प्रशंसक उपस्थित गराउने लक्ष्य आयोजकले लिएको छ । यो सम्भव हुँदै गर्दा नेपाली मनोरञ्जन इतिहासमै सर्वाधिक ठुलो ‘शोज’ को किर्तिमान बन्ने आयोजकको दाबी छ ।

कन्सर्टको लागी ३ हजारदेखि १० हजारसम्मको टिकट रहने र कार्यक्रमको बजेट १२ करोड आसपासको रहने आयोजकले बताएको छ । कन्सर्टलाई फेस्टिभलको रुपमा मनाउने भन्दै मार्च १० तारिखको दिन टुँडिखेलमा दिउँसो १२ बजेदेखि नै गेट खुला गरिने बताइएको छ तर सलमान भने साँझ साढे ६ बजेमात्रै स्टेज चढ्नेछन् ।

अन्तर्राष्ट्रियस्तरको सेटअपमा कार्यक्रममा सलमानलाई उच्च सेक्युरिटी उपलब्ध गराउने आयोजकले बताएको छ । ११ मार्चको साँझ सलमान स्वदेश फर्किनुपुर्व उनलाई चार्टर हेलिकप्टर मार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकन गराउने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: