Todays Nepal
No1 Nepal's Complete News Sites

नायिका अदिती भन्छिन्, “मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु”

45

नायिका अदिती भन्छिन्, “मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु”
काठमाडौँ, १ पुष । भारतीय म्यूजिक भिडियो हुँदै नेपाली फिल्म ‘कृ’मा इन्ट्री मारेकी नायिका अदिती बुढाथोकीले आफुलाई सन्नी लियोनीसँग दाजेकोमा दुख लागेको बताएकी छिन।

केहीदिन अगाडि एउटा भारतीय मिडियाले सनी लियोनीसँग दाँज्दै उनको बारेमा एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय मिडियामा छाउनु अनौठो थिएन तर बलिउडकी ‘हट’ नायिका सनी लियोनीसँग दाँजिएपछि भने उनको चर्चा झन चुलियो ।

भारतीय मिडियाले भिराएका ट्याग अदितीलाई भने कस्तो लाग्यो ?
शुक्रवार ‘कृ’को ट्रेलर रिलिज कार्यक्रममा पहिलो पटक मिडिया फेस गरेकी अदितीले भनिन्, ‘मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु । म सधै अदिती बुढाथोकीको रुपमा आफूलाई परिचित गराउन चाहन्छु ।’ ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीले पनि अदितीको कामको खुलेरै प्रशंसा गरे । अनमोल भन्छन्, ‘अदिती निकै मिहिनेत गर्छिन् । म उनको कामबाट प्रभावित छु ।’

डेब्यू फिल्म नै अनमोलसँग स्क्रिन शेयर गर्न पाउनु आफैंमा सबैभन्दा ठूलो सफलता हो । अनमोलसँग काम गरेका नायिकालाई आज नेपाली फिल्ममा सर्वाधिक व्यस्त र सफल नायिकाको हेरिन्छ ।
अदितीको काम धेरथोर ‘कृ’ ट्रेलरमा देखिएपनि फिल्म रिलिजपछि मात्र उनको आगामी फिल्मी करिअरको बाटो निर्धारण हुन्छ । तर, अनमोलसँग जोडी बाँधिएदेखि भने अदिती नेपाली मिडियामा खुब छाएकी छिन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: