Todays Nepal
No1 Nepal's Complete News Sites

जापानमा व्यवासय गर्न अब ५ सय मान आवश्यक नपर्ने

76

 

जापानमा नयाँ कम्पनी स्थापना गर्ने याेजना बनाउनुभएकाे छ ? जापानमा कम्पनी स्थापना गर्ने र व्यवसाय गर्ने भन्ना साथ अहिलेसम्म ५ सय मान कसरी जाेरजाम गर्ने भन्ने ध्याउन्न हुन्थ्याे । व्यवसायकाे लागि लगानी सबैभन्दा महत्वपूर्ण पाटाे नै पूँजी हाे । पूँजी नभइ केही शुरू नै हुँदैन । ५ सय मान पूँजी जुटाएर मात्र हुँदैन । कहाँबाट कसरी अायाे भनेर सम्पूर्ण विवरण देखाउन पर्ने हुन्छ । त्यसो त अब जापानमा नयाँ कम्पनी दर्ता गर्न आवश्यक रकम हालको ५० लाख अर्थात ५ सय मान येनबाट कम गर्न जापान सरकारले तयारी थालेको छ । बिशेष गरी बिदेशीहरुलाई जापानमा ब्यवसाय गर्न सहज बनाउने उदेश्यले यस्तो गर्न लागिएको समाचारहरू संचार मध्यमहरूमा अाएका छन् । यदि याे नियम लागू भयाे भने धेरै विदेशीहरुकाे लागि जापानमा व्यवसाय गर्न निकै सजिलाे हुने देखिन्छ ।

बिदेशीहरुले बिजनेस भिसाको लागि निबेदन दिंदा ५०० मान येन पूजिं सहितको कम्पनी दर्ता गर्नु पर्ने हालसम्मको प्रणालीलाई सरकारले सुधार गरी बिदेशीहरुलाई जापानमा ब्यवसाय गर्न प्रोत्साहित गर्न खोजिएको बताईएको छ । यसो गर्दा बिदेशी बिद्यार्थी तथा आर्थिक रुपमा सम्पन्न नभएकाहरुले पनि ब्यवसाय गर्न सक्ने बातावरण बन्ने सम्बन्धित अधिकारीहरुको अनुमान छ । नयाँ ब्यवसायको लागि सम्बन्धित नगरपालिका लगायत स्थानीय निकायबाट सस्तोमा अफिसको लागि घर लिन र ब्यवसायिक परामर्श लिन सकिने ब्यवस्था पनि गर्न लागेकाे बताइएको छ । यसले गर्दा नयाँ ब्यवसायीले कम लगानीमा नै जापानमा ब्यवसाय स्थापना गर्न सक्ने भएकोले सुरुको न्युनतम पूँजीमा कम गर्ने योजना बनाईएको हो ।

ब्यवसायीले स्थानीय निकायबाट लिएको सेवालाई पनि पूँजीकै रुपमा गणना गरिने बताईएको छ । नयाँ नीति अनुसार न्युनतम पूँजी कति राखिने अझै स्पष्ट भने भैसकेकाे छैन । सरकारले नयाँ नीतिलाई यहि आर्थिक बर्षमै लागू गर्ने योजना रहेको समाचारमा उल्लेख छ । यदि याे लागू भएकाे खण्डमा जापानमा नेपाली व्यवसायीहरूकाे वृद्धी हुने पक्का रहेकाे यहाँका जानकारहरू बताउँछन् ।***

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: