Todays Nepal
No1 Nepal's Complete News Sites

काेरियामा प्रती कामदार ‘१३०००० वाेन’ अनुदान दिने सरकारकाे घाेषणा !

262

२०१७ का लागि मून जे ईन कोरिया सरकारले मजदुरको तलब वृद्धि गरे सँगै साना कम्पनीलाई अार्थिक भार पर्ने भन्दै बिरोध भए सँगै सरकारले २.७ बिलियन डलरकाे अनुदानकाे घाेषणा गरेकाे छ ।

राष्ट्रपति मूनले अागामी २०२० सम्म कामदारकाे तलब प्रती घण्टा मान वाेन अर्थात १०००० वाेन पुर्‍याउने प्रतिबद्वता अनुुुुसार अागामी वर्षका लागि गत जुलाईमा कामदारको तलब १६.४ % वृद्धि गर्ने निर्णय गरेका थिए ।

यो निर्णय सँगै साना तथा मझौला कम्पनी मारमा पर्ने भन्दै राेजगारदाता अर्थात कम्पनीले विराेध जनाएको थिए तर सरकारले अाफ्नाे चुनावि प्रतिबद्वता अनुरुप वृद्धि गरिएको भन्दै तलब वृद्धिकाे निर्णयकाे बचाउ गरेकाे थियोे ।

हाल घाेषणा गरेकाे अनुदान रकम ३० जना भन्दा कम कामदार रहेका कम्पनीलाई मात्र दिईने राेजगार तथा श्रम मन्त्रालयले जनाएको छ । जस अनुसार प्रति कामदार एक लाख तीस हजार वाेन अनुदान कम्पनीले पाउने छन् ।

अाउने जनवरीबाट लागू हुने १६.४ % तलब वृद्धिले यहाँ कार्यरत स्वदेशी र विदेशी कामदार प्रत्यक्ष लाभान्वित हुनेछन् ।

जस अनुसार कामदारले प्रती घण्टा ७५३० वाेन र मासिक न्युनतम १५ लाख ७० हजार वाेन तलब पाउने छन् तरपनि तलब वृद्धि पछि खाद्यान्न लगायतमा मूल्य वृद्धि हुन्छ भने कम्पनीले अावास र खानाकाे पनि शुल्क लिने र वृद्धि गर्न सक्ने पनि सम्भावना कायमै छ ।

– बिकास श्रेष्ठ, हेनेको को सहयोगमा

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: