Todays Nepal
No1 Nepal's Complete News Sites

सुख्खा खबुस बोकी हिड्दै डिउटी जान्छु आमा ( खाडीमा बस्ने नेपाली हरुले अवस्य पढ्नु होला )

109

खाडीमा बस्नुको आफ्नै पिडा हुन्छ ! सात समुन्द्र पारीको देश जहाँ आफ्नो भन्ने कोइ पनि हुदैन ! काम नगरी एक छाक खान पनि नपाइने ठाउमा बसेर हामी लाखौं युवाहरु आफ्नो अमुल्य समय र उमेरलाइ खेर फाल्दै छौं ! तर के गर्नु यहाँ नआइपनि घरमा गुजारा चलाउन सकिदैन ! यस्तै छ खाडीको दिनचार्य ! बिना ५ बजे उठ्यो सुक्खा खबुस चपाउदै डिउटी जानु पर्छ बेलुका आएर पनि त्यस्तै !

लाखौं खाडीवासी नेपाली युवालाई लक्षित गरि राजेश रुम्बा लामाले एउटा मिठो कविता रचेका रहेछन मैले यहाँ सेयर गर्न बाध्य भएँ कता कता मन छोयो ! शायद हाम्रो देशमा राजनैतिक खिचातानी नाभैदिएको भए स्वदेशमै राम्रो रोजगारी पाइन्थ्यो र हामीलाई यहाँ सुक्खा खबुस टोक्दै दिन कटाउनु पर्दैन थियो !

सुख्खा रोटी खबुस बोकी,बिहानै ड्युटी जान्छु आमा,
पानी पनि हुन्न पिउन,कोठै बाट लान्छु आमा

हामी धेरै नेपाली हरुले खाडीमा गर्ने काम भनेकै बाहिरे काम हुन्छ, जस्तै कन्स्ट्रकसन क्षेत्र, सडक अथवा ठुला ठुला प्रोजेक्ट जहाँ धेरै निर्माण काम हरु हुन्छन ! कम्पनि अनुसार धेरैको राम्रो सुविधा होला तर कतिपय नेपाली दाजुभाई हरुले आफुले पिउने पानि आफैले बोकेर जानु पर्ने बाध्यता छ !

खाना खाने समय हुन्न,घामले तात्नु तात्छ आमा,
एउटा हातले पसिना पुस्दै,एउटा हातले खान्छु आमा !!

खाडी देशहो बालुवाको मरुभूमि मात्र हुन्छ, आजभोली विकशित भएर हरिया रुख विरुवाहरु देख्न पाइन्छ तरपनि खाडी देशको मौसम जाडोमा अत्ति चिसो र गर्मीमा ५५ डिग्री सम्मको गर्मि हुने गर्छ ! दिनभरीको घाम अनि आफुले बोकेको खाना त्यै चर्को घाममा बसेर खानु पर्ने बाध्यता छ हामी नेपालीलाइ ! कवीले भने जस्तै एउटा हातले पसिना पुछ्दै एउटा हातले तै सुक्खा खबुस चपाउनु पर्ने हुन्छ !

घुर्की लाउथे बाउ आमालाई,भने मान्ने थिएन,
अहिले जसले जे भने नि,शिर निउराइ मान्छु आमा !

वास्तवमा हामीले खाडी देशहरुमा मिहेनत गरे जस्तै नेपालमा गर्ने हो भने विदेशमा कामय जत्तिकै नेपालमा पनि कमाइनछ ! तर हामी नेपाली त्यस्तो गर्न सक्दैनौ किन कि हामी माथि घुर्की लगाउने बानि बाउ बाजे देखि खुनमै दौडीरहेको छ ! नेपालमा हामीलाई काम गर्न लाज लाग्छ, कसैले देखे के भन्ने हुन्कि भन्ने चिन्ताले सताउछ त्यसैले पराय देशमा जे जस्तो काम भएपनि शिर निउराइ मान्नु पर्ने बाध्यता छ !

हातको ठेला चरौंछ,रिंगटा चल्छ भन् भन्ति
आफ्नै भाग्य त्यस्तो सम्झी,आफ्नै निधारमा हान्छु आमा !!

दिनभरी बेल्चा चलाउनु पर्ने हाम्रो कर्म, कहिले कहिँ हात फुटेर पानि हाल्न सकिदैन तव आउछन आमाको याद ! दिनभरि काम गर्यो हातमा बसेको ठेला फुट्छन हात धुन सकिदैन, दिनभरिको चर्को घाममा काम गर्नु पर्ने भएकाले बसेको ठाउँ बाट उठ्दा चक्कर लाग्छ त्यो सम्झेर आफ्नो भाग्यलाइ दोष दिदै आफ्नै निधार हान्नु बाहेक कहिले कहिँ केहि विकल्प रहदैन् हामी खाडीवासी हरु संग !

केलाई बाँचौ लाग्छ कहिले,सारै अतेस लाग्छ,
हरेस खानु नामर्द हो,भन्ने पनि ठान्छु आमा !!

देश र परिवार देखि धेरै टाढा विरानो ठाउमा दिभारी पसिना बगाई काम गर्दा कहिले कहिँ त लाग्छ कि म यो दुख केका लागि गरिरहेको छु ? के मैले मेरो परिवारलाइ सुख दिनको लागि प्रदेशमा यसरिनै दुख गर्नु पर्ने हो ? कहिले कहिँ त अतेस लगेर आउँछ ! फेरी सोच्छु, म जस्तै नेपाली खाडीक विभिन्न देश हरुमा २० लाखकै हाराहारीमा छन् उनीहरुलेपनि त आफ्नो परिवार त देश छोडेर आएका छन् होइन मैले हरेश खानु हुदैन भन्ने लाग्छ ! हरेस खानु नामर्दको काम हो, हामी नेपाली त विर गोर्खालीका छोरा जहाँ जस्तो ठाउमापनि टिक्न सक्छौं भन्ने लाग्छ त्यै भएर मन बुझाइ यहि देशमा विदेश आउँदा लागेको ऋण तिरेर मेरी प्यारी आमालाई भेट्न छिटै फर्किने विचारमा छु !

माथिको लेख कस्तो लग्यो ? हामीलाई प्रतिक्रिया दिन नभुल्नु होला ! यदि यो लेख मन परे तपाईको फेसबुक वालमा सेयर गरि साथी भाइ हरुलाई पढ्न अनुरोध गर्नु होला !

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: