Todays Nepal
No1 Nepal's Complete News Sites

इपिएलः कप्तान पारस खड्काको टिम बिराटनगरको पहिलो खेलमा जीत

222

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आफ्नो पहिलो खेलमा बिराटनगर वारियर्सले विजयी सुरुवात गरेको छ । आज ललितपुर प्याट्रिअट्सलाई ६ रनले पराजित गर्दै राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम विराटनगरले जीत निकालेको हो ।

त्रिवि क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टिम बिराटनगरले ६ विकेटको क्षतिमा १५० रन बनाएको थियो । बिराटनगरका लागि अनिल शाहले सर्वाधिक ४७ रन बनाए । कप्तान पारस खड्काले ३८, हङकङको राष्ट्रिय टिमका खेलाडी बाबर हयातले ३४ र हङकङकै अर्का खेलाडी अंशुमन रथले १४ रन बनाए ।

१५१ रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रनमात्र बनाउन सक्यो । ललितपुरका लागि पवन शर्राफले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाए पनि हार टार्न सकेनन् । भारतीइ खेलाडी योगेश नागरले २७, अर्का भारतीय खेलाडी जयकिशन कोल्सावालाले १२, कुशल भुर्तेलले २० र महबुब आलमले १३ रन बनाए ।

विजयी टिम बिराटनगरका लागि कप्तान पारस खड्कासहित करण केसी, बसन्त रेग्मी र अंशुकन रथ सबैले १÷१ विकेट लिए । ललितपुरका लागि सन्दिप लामिछानेले २ विकेट लिए । भारतीय खेलाडी सुबोथ भाटी र अर्का भारतीय योगेश नागरले १÷१ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: