Todays Nepal
No1 Nepal's Complete News Sites

जापानमा धुम्रपान नगर्ने कर्मचारीलाई छ दिन अतिरिक्त बिदा

65

धुम्रपान नगर्ने कर्मचारीका लागि जापानको अनलाइन कमर्श एण्ड कन्सल्टिङ एण्ड मार्केटिङ कम्पनीले वार्षिक छ दिन अतिरिक्त बिदा दिने भएको छ ।
टोकियोमा रहेको सो कम्पनीले धुम्रपान गर्ने कर्मचारी कामका समयमा पटक पटक उठेर जाने समय नोक्सानीको न्युनिकरणका लागि गत सेप्टेम्बरबाट लागु हुने गरी यो कार्यक्रम ल्याइएको कम्पनीका प्रवक्ता हिरोताका मात्सुशिमाले बताएको जापानी संचार माध्यमले जनाएका छन् ।
मात्सुशिमाका अनुसार कम्पनीको कार्यालय २९ औं तलामा रहेको छ, धुम्रपान कक्ष भुई तलामा रहेकोले धुम्रपानका लागि हरेक पटक १० मिनेटको समय लाग्ने हुदाँ यो समयको बचतका लागि अतिरिक्त बिदाको कार्यक्रम ल्याइएको हो । धुम्रपान कक्षमा कामको बारेमा कम कुराकानी र अन्य अनावश्यक कुराकानी बढी हुन थालेपछि यो कार्यक्रम ल्याइएको बताइएको छ ।
मात्सुशिमाले भने –धुम्रपान नगर्नतर्फ प्रेरित गर्नका लागि प्रोत्साहन स्वरुप कम्पनीले यो कार्यक्रम ल्याएको हो । सेप्टेम्बर यता कम्पनीमा रहेका ४२ जना धुम्रपान गर्ने कर्मचारीमध्ये चार जनाले आफ्नो बानीमा परिवर्तन ल्याएको कम्पनीले जनाएको छ । यस कम्पनीमा १ सय २० जना भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: