Todays Nepal
No1 Nepal's Complete News Sites

यी युवतीको जालमा नराम्रोसँग फसे सेनाका जर्नेलः जंगी अड्डामा खैलाबैला

218

महिलामा यस्तो जादु छ कि जुनसुकै पुरुष पनि आकर्षित भइहाल्छन् । यस्तै आकर्षण सेनाका एक जर्नेलको बैंककी महिला कर्मचारीसँग भयो । सोही आकर्षक कारण आज उनी फसेका छन् । अर्थात बैंकिङ्ग ठगी मुद्दामा उनी मुछिएका हुन् ।

बैंककी महिला कर्मचारीका कारण फस्ने सेनाका जर्नेल हुन डा. रमेश बिष्ट । फसाउने महिला हुन कृषि विकास बैंकको सहायक टेलर पदमा कार्यरत दीपिका रेग्मी । दीपिकासँग हिमचिमका कारण रमेश आन्तरिक छानबिन (कोर्ट मार्सल)मा तानिएका हुन् ।

बैंककी महिला कर्मचारीका कारण फस्ने सेनाका जर्नेल हुन डा. रमेश बिष्ट । फसाउने महिला हुन कृषि विकास बैंकको सहायक टेलर पदमा कार्यरत दीपिका रेग्मी । दीपिकासँग हिमचिमका कारण रमेश आन्तरिक छानबिन (कोर्ट मार्सल)मा तानिएका हुन् ।

दीपिकाले बैंकका हाकिमलाई समेत झुक्याएर बैंकमा करिब ५ करोड हिनामिना गरेपछि रमेश पनि मुछिए । दीपिकासहित बैंकका अन्य चार कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरी हिरासतमा राखेको छ । तर, जर्नेल विष्ट भने सेनाको कोर्ट मार्सलमा परेका छन् ।

लागूऔषध, बलत्कार तथा हत्याजस्ता गम्भीर प्रकृतीका मुद्दा बाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरिक छानबिन गरी सजाय गर्ने सैनिक ऐनको प्रावधान छ । बैंक ठगी मुद्दा पनि सेनाले नै आन्तरिक अनुसन्धान गरी कारबाही गर्दछ । सैनिक अदालतले कैद सजाय समेत तोक्दछ । यही प्रावधानका कारण सिआईबी विष्टलाई पक्राउ गरेको छैन् । उनी सेनाको आन्तरिक छानविनमा छन् ।

कसरी फसे जर्नेल विष्ट ?

केही दिनअघि कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो ।घोटलाको रकम जर्नेल डा रमेश बिष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र सेनाले उनीमाथि छानबिन थालेको हो ।

सिआईबी स्रोतका अनुसार ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको छ । दिलिपासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो । उनको खाता रोक्का भइसकेको छ । सैनिक प्रहरीले गत साता नै उक्त घटनासम्बन्धि कागजपत्र सिआईबीबाट लिएर आन्तरिक छानबिन सुरु गरिसकेको छ । अब छानविनबाट यदि विष्ट दोषी ठहर भए जागिर जानसक्छ र सैनिक नियमानुसार जेल सजाय पनि हुनसक्छ ।

दीपिकासँगको निकट सम्बन्धले घोटाला गरेको रकम आफ्नो खातामा राख्न जर्नेल विष्ट तयार भएका थिए । युवतीको भर परेर ठगी रकम आफ्नो खातामा राखेकै कारण उनी फसे । यता ४ करोड ९१ लाख रुपैयाँ घोटाला प्रकरणमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर रेग्मीसहित

पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख्दा अनुसन्धानमा थप कर्मचारी पनि तानिए । पक्राउ परेकाहरुको बयानका आधारमा सिआईबीले बैंकको न्यूरोड शाखाका कामु मुख्य शाखा प्रबन्धक प्रेमहरी ढुङ्गेल, इलेक्ट्रोनिक्स चेक क्लियरीङ (इसिसी) शाखाका प्रमुख गोपाल गिरी र कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा पनि फन्दामा परेका हुन् ।

सिआईबी स्रोतका अनुसार दिपिकाले बैंक ठगी गरेकोबारे जर्नेल बिष्ट र दिपिकाको आमालाई पहिलदेखि नै थाहा थियो । दिपिकाका बुबा पनि सोही बैंकका पूर्व कर्मचारी हुन् । दैनिक नेपालमा खबर छ । स्रोत सामाग्री यो लिन्क किलिक गरेर हेर्नुहोस

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: