Todays Nepal
No1 Nepal's Complete News Sites

यसरी बनाउँदै छ ‘सिधा कुरा जनतासँग’ कार्यक्रम ले मुसहर बस्ती (डिजाईन सहित)

64

हरेक वर्ष सानोतिनो बाढीबाट समेत डुवानमा पर्ने सप्तरी हनुमानगर स्थित तिलाठी कोइलाडीमा रहेको मुशहरु बस्तीको अब मुहार फेरिने भएको छ ।

बस्तीका करीब ७७ परिवारको लागि न्युज २४ टेलीभिजनले डुवान,भूकम्प,हावाहुरीबाट बच्न सक्ने घरहरु निमार्ण सुर गरेपछि यो बस्ती अब सुविधा सम्पन्न भएको हो ।

२०७४ साउन २८ गते तराईका विभिन्न जिल्लासँगै महाकाली नदीमा आएको बाढीबाट कोइलाडीका ७७ परीवार घरबारविहीन बने । यस लगत्तै न्युज २४ टेलीभिजनको टिम सप्तरीनै पुगेर कार्यक्रम सिधा कुरा जनतासँग यहि बस्तीबाट सञ्चालन गरेको थियो ।

निकै न्युन आर्थिक स्थिति भएका मुसहरहरुका झुपडीहरु पानीमा डुबेका थिए । बस्ने घर,खाने अन्नपात,लाउने लत्ता कपडा सबै डुबे पछि राहतको भरमा सडकपेटीमा कष्टकर जीवन विताइरहेका मुसहरको अवस्था देखाएका थियो ।

रिपोर्टिङ पछि देश विदेशबाट धेरै दर्शकले हामी मार्फत सहयोग गर्ने इच्छा व्यतm गरेकै कारण न्युज २४ टेलिभिजन ले मुसहरहरुका लागि नयाँ घर निमार्ण गर्ने योजना अघि सारेको थियो । सोही बमोजीम पहिलो चरणमा सिधाकुरा जनतासँग टिम सहित प्राविधिक टोलीले स्थलगत मुल्याङकन तथा वास्तवीक पीडित पहिचान गरी बस्ती निमार्ण गर्ने घोषणा भएको थियो ।

बस्ती निमार्णको आर्थिक व्यवस्थापनको लागि न्युज२४ टेलिभिजन र जनता बैंकको सहकार्यमा विपत्ति राहात कोष सञ्चालनमा आयो । देश विदेशबाट ठुलो संख्यामा दर्शकहरुले व्यक्ति तथा सामुहिकरुपमा आर्थिक संकलन गरी यो खातामा रकम जम्मा गरे भने धेरै सहयोगदाताहरुले कार्यालयमै उपस्थित भएर रकम सहयोग गरे ।

बस्ती शिलान्यासको चरणसम्म आइपुग्दा विपत्ति राहातको कोष डेढ करोड बढि रकम संकलन भएको छ । बस्ती निमार्णमा प्राविधिक काम हेरिरहेको सिद्वार्थ डिजाइनरसका अनुसार प्रारम्भीक चरणमा ४२ ओटा घर निमार्ण गर्ने , ४ दुरमा फैलीएका हरेक घरमा २ कोठा र एक किचन सहित रहनेछन् ।

हरेक बर्ष डुबानमा पर्ने भएकाले हरेक पिल्लर जमिन मुनीनै ३ फिट फुटीङ हुनेछन् भने जमिना माथि डिपीसी गर्नुपुर्व ३ देखी ५ फिट सम्म पिल्लर रहनेछ ।

जसको कारण ३ देखी ५ फिट डुबानहुँदा सम्म पनि यि घर सुरक्षीत हुने छन् । यसपछि डिपीसी ढलान हुने छ । डिपीसी माथि इट्टा र सिमेन्ट वालुवाको पर्खाल ठडिने छ । पर्खालको बिचमा टाइ बिम हुनेछ । छाना पुर्व मेटल फ्रेम र जस्ताले छाना बन्ने छ ।उतm घरमा आधारभुत सुविधाहरु उपलब्ध हुने छन् ।

साथै डिपीसीको तल साना पशु चौपाया तथा हाँस कुखुर पाल्न समेत सक्नेछन् । यसरी बन्ने घर पछि कुनै कारण सार्नु परेमा पिटिङ झिकेर सार्न सकिनेछ । प्रारम्भीक चरणमा प्रति घर निमार्ण गर्दा ३ लाख ५० हजार बढि खर्च हुने छ । भने ४२ ओटा घरको लागि २ करोड बढि लाग्ने छ ।

यो बस्तीका सबै घर एउटै प्रकृतिका हुने भएकाले बस्ती नमुना बन्ने छ । स्थानीय डकर्मी सहित तालीम प्राप्त डकर्मीहरुले इञ्जिनयरको प्रत्यक्ष रोहवरमा घरहरु निमार्ण गर्नेछन् । चरणबद्व रुपमा घरहरु निमार्ण हुने छन् भने सबैघरहरु ८ महिना भित्र निमार्ण गरि हस्तान्तरण गर्ने न्युज २४ टेलीभिजनको योजना रहेको छ ।

(यो समाचार न्युज २४ टेलीभिजनको सहयोगमा तयार भएको हो )

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: