Todays Nepal
No1 Nepal's Complete News Sites

एउटा यस्तो आत्माहत्या जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो, आखिर किन ? हेर्नुहोस कारण यस्तो !

157

एक यस्तो आत्माहत्या, जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो । किन होला ? प्रसंग आत्माहत्याको घटनाबाटै सुरु गरौ । घटना हो, सन् १९४७ मे १ को । इभेलेन म्यकहेल नामकी एक महिलाले आत्माहत्या गरिन्, न्यार्योकको एम्पायर स्टेट बिल्डिङबाट । त्यतीबेला बिहानको १० बजेर ४० मिनेट गएको थियो । उनी ६८ औं तलाबाट हाम फालेर युनाइटेट नेशनको एक कारमा बज्रिन पुगिन् ।

संयोग कस्तो पर्‍यो भने, जतिबेला उनी कारमा बज्रिइन्, ठीक त्यही बखत एक फोटोग्राफीका विद्यार्थी रोबर्ट सी विल्स सोहि बाटोबाट हिाडिरहेका थिए । उनले एभेलेन कारको छतमा गिरेको ४ मिनेटमै तात्तातो फोटो खिचे । पछि यही फोटोलाई प्रतिष्ठित लाइफ म्यागजिनले सन् १९४७ मे १२ को अंकमा पुरा पेज प्रकासित गर्‍यो ।

किन ब्युटिफुल सुसाइड ?

एभेलिन ३ सय २० मीटरको उाचाईबाट गिरेकी थिइन् । यतिको उचाईबाट कारको छतमा बज्रिएकी उनको शरीर क्षत विक्षत हुनु पर्ने हामे । तर, त्यस्तो भएन । यस्तो लाग्थ्यो, उनी कारको माथि मस्त आरम गरिरहेकी छिन् ।

– हुन त उनी मरिसकेकी थिइन् । तर, उनको शरीर स्टाइलिस देखिन्थ्यो । उनको खुट्टा खाली थियो र एउटा खुट्टा त्यसमाथि खप्टिएको थियो । त्यसबेला अमेरिकी महिलाहरु यसैगरी आरम गर्थे ।

– उनको देब्रे हात उनको गलामा पहिरिएको मोतिको मालामा थियो, मानौ उनी माला खेलाइरहेकी छिन् ।

– उनको शरीरमा चोट थिएन र उनको शव कतिपति बिकृत देखिदैनथ्यो । समग्र दृश्यमा दुई कुरा मात्र असामन्य देखिन्थ्यो, कारको कुचिएको बडी र एभेलिनको फाटेको मोजा । यस बाहेक अरु सबैकुरा सामन्य देखिन्थ्यो ।

– फोटोग्राफरले खिचेको फोटो ब्ल्याक एन्ड ह्वाइट थियो ।

– एभेलिनको जन्म २० सेप्टेम्बर १९२३ मा क्यार्लिफोर्नियामा भएको थियो । उनले किन आत्माहत्या गरिन् ? त्यो कहिल्यै खुलेन ।

एक महिनामा साढे ६ हजार रोहिंग्याको हत्या

म्यानमारको सेनाले एक महिनामा हजारौँ अल्पसंख्यक रोहिंग्या मुसलमानको हत्या गरेको खुलासा भएको छ । यही अगस्टमा भड्किएको हिंसापछि सेनाले रोहिंग्या मुसलमानविरुद्ध गरेको कारबाहीका क्रममा एक महिनामा कम्तीमा ६ हजार ७ सय रोहिंग्या मारिएका हुन् । बिहीबार डाक्टर विदाउट बोर्डर्सले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । सेनाको दमनलाई रोहिंग्याविरुद्ध ज्यादती बताइएको छ ।

महिलामाथि बलात्कार, निर्दोष बालबालिकाको हत्या

बिहीबार सार्वजनिक गरिएको सो प्रतिवेदनमा सेनाले रखाइन प्रान्तका दर्जनौँ महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ । ‘कारबाहीका नाममा सेनाले निर्दोष बालबालिकाको हत्या र महिलामाथि बालात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

६९ प्रतिशत मृत्यु सेनाको गोली प्रहारबाट

प्रतिवेदनअनुसार ६९ प्रतिशत मृत्यु सेनाको गोली प्रहारबाट भएको छ भने ९ प्रतिशत मृत्युमा आगजनीलाई मुख्य जिम्मेवार मानिएको छ । सेनाले ५ सय रोहिंग्याको घरमा आगजानी गरेको थियो । त्यस्तै सेनाको कुटाइबाट ५ प्रतिशतको मृत्यु भएको थियो भने २ प्रतिशत मृत्युको कारण सेनाले बिछ्याएको बारुदी सुरुङ विस्फोट थियो । ‘सम्पूर्ण शरणार्थी बसोवास गरेको स्थानमा सर्वेक्षण सम्भव नभएकाले सैनिक दमनमा मृत्यु हुनेको संख्या प्रतिवेदनमा उल्लेख गरेभन्दा बढी देखिन्छ,’ डाक्टर्स विदाउट बोर्डरका निर्देशक सिड्ने वोङले भने ।

रोहिंग्यामाथि सैनिक दमन

सरकारले म्यानमारका नागरिकमाथि सैनिक ज्यादती गरेको प्रतिवेदनमा उल्लेख छ । अगस्टको अन्तिम साता रखाइन प्रान्तमा भड्किएको हिंसापछि सेनाले सैनिक दमन सुरु गरेको थियो । दमनका क्रममा हजारौँ निर्दोष महिला तथा बालबालिका मारिएको अनुमान गरिएको थियो । पछिल्लो प्रतिवेदनले सो अनुमानलाई पुष्टि गरेको छ । संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले यसअघि म्यानमारमा रोहिंग्याविरुद्ध सरकारले जातीय सफाया गरेको बताएको थियो, तथापि म्यानमार सरकारले सो आरोप अस्वीकार गर्दै आएको थियो ।

११ हजार रोहिंग्यामाझ सर्वेक्षण

बंगलादेशका विभिन्न शिविरमा शरण लिएका ११ हजारभन्दा बढी रोहिंग्या रोहिंग्या शरणार्थीमाझको सर्वेक्षणपछि डाक्टर विदआउट बोर्डरले प्रतिवेदन तयार गरेको थियो । बोर्डरले पीडितसँग अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ताका क्रममा ४७ प्रतिशत शरणार्थीले आफ्ना अभिभावकलाई सुरक्षाकर्मीले हत्या गरेको बताएका थिए भने ४३ प्रतिशत किशोरी र महिलाले आफूहरूमाथि बलात्कार भएको बताएका थिए ।

रोहिंग्यालक्षित हिंसा

सेनाले रोहिंग्या समुदायलाई लक्षित गरी कारबाही चलाएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार अगस्ट २५ देखि सेप्टेम्बर २४ सम्म सेनाको कारबाहीमा मारिएका ६७ सय रोहिंग्यामध्ये पाँच वर्षमुनिका ७३० बालबालिका मारिएका छन् । सेनाले गरेको ‘एरिया क्लियरेन्स अप्रेसन’ का क्रममा उनीहरूको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । सेना र प्रहरीको संरक्षणमा रोहिंग्यामाथि गैरसैनिक लडाकुले आतंक सिर्जना गरेको र प्रतिकार गर्ने नागरिकका परिवारमाथि हिंसात्मक कारबाही गरिएको सो संस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: