Todays Nepal
No1 Nepal's Complete News Sites

यात्रुवाहक बस जुध्यो, एक दर्जन बढी घाइते

7,696

एकआपसमा यात्रुवाहक बस जुध्दा आज शनिवार विहान झापाको दमकमा एक दर्जन घाईते भएका छन् ।

स्थानीय रतुवा पुलमा आज विहान साढे ८ वजे तिर मे १ ख १७१० र को १ ख ३६५९ बस एक आपसमा जुध्दाँ त्यसमा सवार ३ दर्जन यात्रुहरु घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घाईते सवैंको लाइफलाईन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो । घाईते मध्ये को १ ख. ३६५९ नम्बरका बसका चालक सुनसरी ,रामधुवनी बस्ने चुलाई चौधरी , अर्का बस चालक झापा, कन्काई नगरपालिका–४ बस्ने लक्ष्मण कुमालको घाईते भएको प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । दुवै चालकको खुट्टामा चोट लागेको बताईएको छ । घाईते अन्यको भने अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

बाक्लो हुस्सुका कारण बाटो नदेख्दा बिपरीत दिशाबाट आएका बस एक आपसमा जुध्न पुगेको थियो । प्रनाउ गिरीका अनुसार दुईवटा बस जुध्दा पछाडिबाट आईरहेको मे १ त ४७५४ नम्बरको ट्याक्टर पनि ठोक्किएको थियो ।

दुर्घटना सडकको मध्यभागमा भएकाले एकघण्टासम्म पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध बन्नपुगेको थियो । क्रेनको सहायताले किच्चिएको बसलाइ साइट लगाएर राजमार्ग खुलाइएको प्रनाउ गिरीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: