Todays Nepal
No1 Nepal's Complete News Sites

ओली र हिमानी सहित बैंककमा नेपाल भारत चीनको गोप्य बैठक

7,808

बैंककमा नेपाल भारत चीनको गोप्य बैठक बसेको छ।स्रोतका अनुसार बैंककमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ,पूर्व युवराज्ञी हिमानी शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख अनिल धसमान , चिनिया प्रतिनिधि बीच बैठक बसेको हो।

नेपालमा हिन्दु राष्ट्र राजसंस्थाका बारेमा पुर्व राजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्रीका बिश्वास पात्र आदित्यनाथसंग भेटवार्ता गरेको केहि दिनमै बैंककमा रहेका एमालेअध्यक्ष ओली ,पूर्व युवराज्ञी हिमानी शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत,चिनिया प्रतिनिधि बीच बैंककमा पक्षीय गम्भीर वार्ताभएको स्रोतले बताएको छ।

पूर्व राजा ज्ञानेन्द्र शाह भारत गएर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटवार्ता गर्नु, त्यहाँबाट नरेन्द्र मोदीले आफ्ना दूत मंगलबार बैंकक पठाउनु, मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणलाई त्यागेर हिमानी मंगलबार नै बैंकक जानु र पार्टी एकतापछि मात्र स्वास्थ्योपचारमा जाने बताएका ओली बुधबार बैंकक जानुले गम्भीरछलफल भएको स्पस्ट भएको छ ।
स्रोतका अनुसार बैंककमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख अनिल धसमान पनि र चिनियाँ पक्षसमेत बैंककमा रहेका छन्।माओवादीसंगको एकता अगाडि नै राजनीतिले केही कोल्टे फेर्नसक्ने पूर्व दरबार निकट स्रोतले बताएको छ।

स्रोतका अनुसार नेपालमा राजसंस्थालाई कुनै सम्मानित स्थानमा राख्नका लागि एमाले अध्यक्ष ओली तयार देखिएका छन्।भारतले नेपालमा राजसंस्था स्थापनाका लागि पहल गरेको बेला चीनले समेत यसमा कुनै अवरोध गरेको छैन।पूर्वराजा ज्ञानेन्द्रको प्रतिनिधिका रुपमा हिमानीले सबै शक्तिलाई मान्य हुने गरी आफ्नो स्पेश खोजेको बताइएको छ ।केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पूर्वराजाको जस्तै विज्ञप्ति जारी गरिरहँदा पनि नेपालमा संकाको तरंग फैलिएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: