Todays Nepal
No1 Nepal's Complete News Sites

अब उडिरहेको बिमानमै सहवासको सुविधा

7,551

आजकल अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरु यात्रुलाई राम्रो भन्दा राम्रो सुविधाहरु दिएर आकषिर्त गर्न लागिपरेका छन् ।यो भिडमा एउटा यस्तो एयरलाइन्स कम्पनी पनि छ जसले आफ्ना यात्रुलाई यौन सम्पर्क राख्ने अवसर प्रदान गरिरहेको छ । तपाइँले सोँच्नुहोला, आखिर यो कसरी सम्भव छ ? यस्तो अफर यात्रुलाई जहाजमै प्राप्त हुन्छ की जहाज अवतरण भैसकेपछि ?

अमेरिकाको प्राइभेट एयरलाइन्स कम्पनी फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरिरहेको छ । कम्पनीले सन् २०१३ मा माइल हाई क्लब नामबाट यो सेवा सुरु गरेको हो । यो सेवा प्राप्त गर्नका लागि यात्रुले जोडीको ४९५ डलर शुल्क तिर्नुपर्दछ ।

कम्पनीले बितेका वर्षहरुमा हजारौँ जोडीहरुलाई सहयोग गरिसकेको फ्लेमिंग एयरका सिइओले जनाएका छन् । आखिर यो अफर कसरी प्राप्त हुन्छ ? यसमा प्राइभेट प्लेजमा बीचको सिट हटाएर एउटा बेड बनाइएको छ । जहाज उडाउने एक पाइलट पनि अगाडि हुन्छन् । फ्लेमिंगोको सिको गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेका थिए । तर त्यो रोमान्सको साटो केवल शारीरिक सम्बन्ध बनाउने कुरामा मात्र आधारित रह्यो ।

सन् २०१६ देखि फ्लेमिंगोलाई अर्को कम्पनी लभ क्लाउडलाई टक्कर दिइरहेको छ आफ्नो गज्जबको सेवाका कारण । लभ क्लाउडले नयाँ जोडीका अलावा पाका जोडीहरुलाई पनि आफ्नो सेवा दिन्छ । साथै विवाहको वर्षगाँठ आदिमा पनि यसमा विशेष व्यवस्था हुन्छ । एजेन्सी | अनलाइन खबर

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: