Todays Nepal
No1 Nepal's Complete News Sites

युएईमा बस्ने नेपालीहरुलाई महत्वपूर्ण सूचना, नया नियम लागु हुदै

7,540

युएईले नेपालीसहित विदेशी नागरिक काममा भर्ती गर्दा प्रहरी रिपोर्ट अर्निवार्य गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई राम्रो बनाउन, कामदारलाई स्वतन्त्र र अपराधमुक्त बनाउन यस्तो नियम ल्याउन लागिएको फेडरल नेशनल काउन्सिल युएईलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।

युएईमा काम गर्न जान चाहने विदेशी नागरिकले भिसा पाउनका लागि आफ्नो देशको सम्बन्धित निकायले जारी गरेको चारित्रिक प्रमाणपत्र उपलब्ध गराउन पर्नेछ ।

‘युएईमा काम गर्न आउने विदेशी नागरिकको विगत कस्तो थियो, उनीहरुले केही अपराधिक क्रियाकलाप गरेका छन् कि छैनन् जान्नु हो । र, उसलाई भर्ती गर्दाको खतरा र सुरक्षा पता लगाउनु हो,’ फेडरल नेशनल काउन्सिल युएईलाई उधृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।

घरेलु कामदारका लागि पनि यो नियम लागु हुनेछ । तर विदेशी नागरिक भएपनि युएईमै जन्मे हुर्केको भए रोजगारिका लागि चारित्रिक प्रमाणपत्र आवश्यक पर्दैन । तर जागिरखानु अगाडि युएई छाडेको भए यो कागज अनिवार्य गरिएको छ ।

साथै, अरु कुनै देशमा ५ वर्षसम्म बसेको भए सम्बन्धित देशको पनि प्रहरी रिपोर्ट अनिवार्य गरेको छ । यो नियम विदेशी नागरिकका परिवार, पर्यटन भिसा, विद्यार्थी, कुनै काममा लागि आउने, स्वास्थ्य उपचार गर्न आउने वा तीन महिनाको काम गर्न आउने र फेरि तीन महिनालाई नै भिसा नविकरण गर्ने विदेशी नागरिकका लागि भने लागु हुँदैन ।

‘युएईमा काम गर्ने विदेशी नागरिक स्वतन्त्र र अपराधिक रोकर्डबाट स्वतन्त्र हुनेछ, उनीहरु जुनसुकै देशका नागरिक हुन त्यसले फरक पार्दैन्,’ फेडेरल नेशनल काउन्सिलका सदस्य अमद अल राउमीले भन्नुभयो ।

यस्तो कागजात सम्बन्धित देशमा रहेको युएईको दूतावास वा युएईको परराष्ट मन्त्रालयले प्रमाणित गर्ने छ । यो नियम आउदो माघ २१ गतेबाट लागु हुने छ । सार्वजनिक क्षेत्रका केही कम्पनीले यस्तो कागजपत्र माग्ने गरे पनि युएईमा यस अघि यो नियम अनिवार्य थिएन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: