Todays Nepal
No1 Nepal's Complete News Sites

सामाजिक सञ्जालको दुरुपयोग, केटीको चक्करमा ९ ब्यक्तिको हत्या

7,498

जापानको एक अपार्टमेन्टमा ९ जना व्यक्तिहरुको शव भेटिएपछि प्रहरी अनुसन्धान थालेको थियो । प्रहरी अनुसन्धानको क्रममा एक जापानी व्यक्तिको अपार्टमेन्टमा ९ ओटा कुहिएका शवका टुक्राटुक्री भेटिएपछि उनलाई गिरफ्तार गरेको छ। ती सबै व्यक्तिलाई आफ्नोमा बोलाएर हत्या गरेको बयान ती व्यक्तिले प्रहरीसमक्ष दिएका छन्।

जापानी सञ्चारमाध्यमले मंगलबार जनाएअनुसार सिराइसीको कानागावा प्रिफेक्चरको जामास्थित दोस्रो तलाको अपार्टमेन्टको प्रवेशद्वारमै कुलरभित्र दुई ओटा टाउको भेटिएको थियो। शवबाट निस्केको दुर्गन्धलाई ढाकछोप गर्न ती व्यक्तिले बिरालोको दिशापिसाब छर्केको बताइएको छ।

पक्राउ परेका २७ वर्षीय ताकाहिरो सिराइसीलाई प्रहरीले सोधपुछ गरिरहेको जनाइएको छ। अरु सात ओटा टाउको पनि अपार्टमेन्टभित्र भेटिएको प्रहरीले जनाएको छ। अपार्टमेन्टमा जम्मा आठ महिला र एक पुरुषको शवका टुक्रा फेला परेको छ।

सिराइसी गत अगस्ट २२ मा सो अपार्टमेन्टमा सरेका थिए। त्यसयता उनले ९ जनाको हत्या गरिसकेको बताइएको छ। बाथटबमा शवहरुलाई टुक्राटुक्रा पारेर केहीलाई फोहोरसँगै फालेको पनि सिराइसीले स्वीकार गरेका छन्।

शव टुक्रा पार्न प्रयोग गरिएको एउटा आरा पनि अपार्टमेन्टमा फेला पारिएको जनाइएको छ।

प्रहरीले एक २३ वर्षीय युवती बेपत्ता भएको विषयमा अनुसन्धान गर्दै जाँदा सो अपराध फेला पारेको थियो। ती युवतीले अनलाइनमा आफूसँगै आत्महत्या गर्न इच्छुक व्यक्तिका लागि सूचना जारी गरेकी थिइन्। ‘म सँगै मर्न चाहने व्यक्तिको खोजी गरिरहेकी छु,।’ ती युवतीले ट्विटरमा लेखकी थिइन्।

उनी बेपत्ता भएपछि अनुसन्धानरत प्रहरीले सिराइसी र ती युवतीबीच सम्बन्ध फेला पारेको थियो। नजिकैको रेल स्टेसनको सिसी क्यामेरामा ती युवती र सिराइसी सँगै हिँडिरहेको दृश्य कैद भएको थियो।

सिराइसीले ट्विटरमार्फत् ती व्यक्तिहरुसँग सम्पर्क गरेको र उनीहरुलाई भेटेकै दिन मारेको बयान दिएका छन्।

हत्यापछि ती व्यक्तिहरुको पैसा आफूले लिएको पनि सिराइसीले स्वीकार गरेका छन्। हत्याको एउटा उद्देश्य पैसा लिनु पनि भएको उनले बताएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनी बेलाबखत आफ्नो घर जाने गरेको पनि बताइएको छ। उनको घरमा उनका बाबु मात्रै बस्छन्। सिराइसीका आमा र दिदीले पहिले नै उनीहरुलाई छोडेको बताइएको छ।

यद्यपि यस्तो श्रृंखलाबद्ध हत्या जापानमा नौलो होइन। कानागावामै गत वर्ष १९ व्यक्तिको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका थिए। एजेन्सी

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: