Todays Nepal
No1 Nepal's Complete News Sites

ओली फेरी चर्चामा ! वाइसिएलको भेटमा गम्भीर हुदै ओलीले भने “कहिलेकाँहि म मुर्ख बन्छु मेरो मुर्खताले राष्ट्रलाई सहि बाटोमा ल्यायो”

62

नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली फेरी चर्चामा आएका छन् । राजनीतिमा जनताका लागि कहिलेकाँहि म मुर्ख बन्छु भन्दै उनले जनयुद्धबारे आफ्ना केहि भनाई मुर्खपूर्ण भएको टिप्पणी गरे ।आफ्ना अभिव्यक्तिलाई मुर्खताको संज्ञा दिएसंगै अाेली फेरी चर्चामा छाएका छन । उनले भने सत्यका पक्षमा वकालत गर्दा बाेलेका कुरा समयको अन्तरालमा अाँउदा मुर्ख भएकाे सावित पनि हुने रहेछ ।

नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीएल)का नेताहरुसँग भएको भेटमा ओलीले यस्तो बताएका हुन । ओलीले जनयुद्धको विषयमा पूर्व अभिव्यक्ति सच्याएको भन्दै उनले पिडा महसुस गरेको बताए ।

निरंकुश राजतन्त्र अन्त्यका लागि भएको बलिदानीको कसैले पनि उपेक्षा गर्न नसक्ने भन्दै उनले संविधानमा राजाको व्यवस्था भएकाले मैले संविधान मान्दैन भनेको हुँ भन्दै विगत सम्झीए । उनले भने राष्ट्रलाई घाटा नलाग्ने गरी म कहिलेकाहीं मुर्ख पनि बन्ने गरेको छु, । व्यापक मात्रामा मानवअधिकारका घटना उलंघन भएकाले त्यतिखेर मैले उदेश्यमै केन्द्रीत भएर विभिन्न अभिव्यक्ति दिएको थिए । शक्तिसंग झूकेको होईन सत्यको अगाडि शक्तिको पनि केहि नचल्ने उनले जिकिर गरे ।

वाईसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)को नेतृत्वमा बधाई दिन बालकोट पुगेको वाइसीएल नेताहरुकाे टाेलीसंग ओलीले खुलेरै जनयुद्धको प्रसंसा गरे । ओलीले भने मैले गरेका टिप्पणी गलत अर्थमा नबुझिदिनु होला।’

सकरात्मक पक्षको प्रसंशा र प्रोत्साहनमा लाग्ने ओलीले नेपालको वाम आन्दोलन सहि र सकारात्मक दिशामा अघि बढेको बताए । अव देश कुनैपनि वहानामा समृद्धिको बाटोबाट पछि नहट्ने भन्दै उनले काम नलाग्ने सिद्धान्तको तमासाबाट मुलुक धेरै अघि बढेको बताए । म्यूनिष्ट अान्दाेलन यहाँ सम्म अाइपुग्नुमा युवाकाे विशेष भूमिका रहेका भन्दै ओलीले युवाहरुलाई धन्यवाद दिए ।

युवाको पक्षमा वाम सरकारले नयाँ रणनीति ल्याउने भन्दै अाेलीले त्यसका लागि युवाले आचरण सुधार्दै विकासका हरेक पक्षमा उदाहरणीय काम गर्नु पर्ने बताए । विकासका हरेक प्रयासमा विज्ञान र प्रविधिलाई कसरी जोड्न सकिन्छ यस विषयमा साेच्न सुझाव दिए ।करिव आधा घण्टा वाईसीएलसंग विताएका ओलीले माओवादी अध्यक्षको पनि खुलेरै प्रसंसा गरे । अव युवालाई विशेष भूमिकामा अघिबढाउने भन्दै उनले सचेतपूर्ण तरिकाले दुई पार्टीको नेतृत्वले काम गरिरहेको बताए । ‘हल्लाखल्ला गरेर पार्टी एकताको थालनी गरिएको भए एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया यहाँ सम्म पुग्दैन थियो भन्दै ओलीले प्रतिकृयावादी शक्तिले एकता भाँड्न जस्ताे प्रपञ्च गरे एकता नभाँडिने ठोकुवा गरे ।ओली निवास वालकोट पुगेका वाईसीएल टोलीसंग निकै गम्भीर मुद्रामा देखिएका उनले एकता प्रक्रियामा प्रचण्डको विश्वास नटुट्ने बताए । उनले भने माओवादी अध्यक्ष प्रचण्ड जति इमान्दार भएर लाग्नु भएको छ त्यति नै हामीपनि लागेका छौं । वाईसीएललाई विश्वास दिलाउदै ओलीले भने, ‘एकताप्रति आशंका कसैले गर्नु पर्ने अवस्था छैन, अब एकता गरेर देशलाई छिटै समृद्धिको बाटोमा लैजानु छ ।’ अब युवाशक्ति पनि विदेशीनु नपर्ने दावी गरे ।– श्रोत खबर डबली

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: