Todays Nepal
No1 Nepal's Complete News Sites

बलिङ र ब्याटिङ राम्रो भएकाले उपाधि जित्न सफल भयो-कप्तान रित

84

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि विजेता टिम स्वदेश फर्किएको छ । उपाधि विजेता टिमका कप्तान रित गौतमले यो प्रतियोगिताले अन्डर नाइन्टिन स्तरका लागि राम्रा खेलाडीले आफनो सम्भावना देखाएको बताए । साथै उनले उपाधि जित्न चुनौती भएपनि क्षमता अनुसार खेलेकाले विजेता बनेको छन ।

थाइल्याण्डमा भएको प्रतियोगिताको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउदै उपाधि कब्जा गरेको टिमका कप्तान रित गौतमले यो प्रतियोगितामा खेलाडीले आफनो क्षमता प्रमाणित गरेको बताए । ब्याटिङ र बलिङ दुबै पक्षमा राम्रो प्रदर्शन गरेकाले उपाधि जित्न सजिलो भएको उनको भनँई थियो । यस्तै प्रशिक्षक दिपेन्द्र चौधरीले सबै टिम आफनो स्तरका भएपनि तयारी राम्रो भएकाले पनि उपाधि जित्न सजिलो भएको बताए । प्रतियोगिताको सुरुवात देखि फाइनल जित्न सम्म नेपालको ब्याटिङ मजबुत देखिनुका साथै बलिङमा पनि अब्बल देखिएको थियो ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने शिर्ष दुई खेलाडी नेपालका थिए । जसमा उत्कृष्ट ब्याट्सम्यान त्रितराजले पाएका थिए । नेपालले उमेर समुहमा प्रायजसो राम्रो नतिजा नल्याएका होइनन । तर उमेर समुह पार गरेपछि यी नै खेलाडीमा धरैजसोको प्रदर्शन भने खस्किदै जाने गरेको छ । अन्डर नाइन्टिन टिमसम्म पुग्दा राम्रा भनिएका खेलाडी राष्ट्रिय स्तरसम्म पुग्न निकै कठिन हुने गरेको छ । यसको मुख्य कारण आर्थिक पक्ष मान्छन पुर्व कप्तान तथा प्रशिक्षक विनोद दाश ।

नेपालले समुह चरणमा थाइल्याण्डलाई एक सय ३३ रनले हङकङलाई चार विकेट र म्यानमारलाई तीन सय ३७ रनको भारी अन्तरले हराएको थियो । सेमिफाइनलमा नेपालले मलेसियाको चुनौती ७२ रनले पन्क्ष्याएको थियो । तर अब यो प्रतियोगितापछि नेपालले खेल्ने अर्को प्रतियोगिताको टुङगो छैन । त्यसमा पनि कतिपय खेलाडीले यो उमेर पार गरेर अन्डर नाइन्टिनका लागि बाटो रोजिरहेका हुनेछन ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: