Todays Nepal
No1 Nepal's Complete News Sites

अमेरिका,अष्ट्रेलियाको नागरिकता बारे सोच्दैहुनुहुन्छ ? सजिलै पाईन्छ यि ९ देशका नागरिकता

67

पछिल्लो समय नेपालीका लागि अमेरिका र अष्ट्रेलियाले मोहनी लगाएको छ । केहि बर्ष अघि सम्म अमेरिका जान मरिहत्ते गर्नेहरु अहिले अष्ट्रेलिया जान र अष्ट्रेलियाको नागरिकता लिनका लागि जस्तो सुकै मुल्य चुकाउन र जति पनि लगानि गर्न तयार हुने गरेको देखीएको छ ।

गर्नेलाई जुन देशमा पनि राम्रो छ,भविष्य राम्रै देखिन्छ तर पनि देखावटी समाजमा हुर्केको बानि कहाँ मन मान्छ र त्यसकारण पनि अमेरिका,अष्ट्रेलिया भने बेग्लै देश भईसकेको छ युबाहरुका लागि । तर,जहाँ जुन देशमा जुन भुगोलमा बसे पनि खुसी रहनसक्नुपर्छ ।

संसारमा धेरै अचम्मका देशहरु पनि छन् । त्यसमध्ये सबैका आ-आफ्नै निति नियमहरु छन् । तर,यस्ता ९ देश जहाँ तपाईले सहज रुपमा नागरिकता लिन सक्नुहुनेछ केबल एक परिक्षाको भरमा ।

१. रूस
रूसलाई विश्वकै शक्तिशाली देश मध्ये एक मान्ने गरिन्छ । यदी तपाइँ रुसमा बस्न चाहनुहुन्छ भने यसको लागि तपाइले एउटा परिक्षा दिनुपर्ने हुन्छ साथै केहि नीतिहरु पास गर्नुपर्ने हुन्छ । रूसमा नागरिकतालिनको लागि पहिले तपाइले कर भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछी रशियन भाषा सिकाई र भाषा टेस्ट पास
एपछी तपाइ जुन देशको नागरिक भए पनि तपाइले रुसमा नागरिकता प्राप्त गर्न सक्नु हुनेछ ।

२. बेलीज

उत्तरी अमेरिकी देश बेलीजमा नागरिकता पाउन पनि निकै सजिलो छ । यहाँको नागरिकता पाउनको लागि यो देशमा पाँच बर्ष भने बिताउनुपर्छ । त्यसको साथै तपाईको मासिक कमाई दुई हजार डलर हुनुपर्छ । यो देशमा सामान्य स्तरका नागरिकले पनि २ हजार भन्दा बढी कमाउन सक्छन ।

३. डोमेनिकन रिपब्लिक

यदी तपाई डोमेनिक रिपब्लिकको नागरिकता लिन चाहनुहुन्छ भने तपाई त्यहाँको रियल स्टेट वा कुनैपनि बिजनेसमा २ डलर सेएर हाल्नुपर्ने हुन्छ । साथै तपाइँलाई आफ्नो नियमित कमाईको पनि प्रमाण देखाउनुपर्ने हुन्छ । यहाँको जुनसुकै ब्यबसायको बजार अमेरिका तथा युरोप भएकाले यहाँ लगानी गर्दा घाटा हुँदैन । त्यसैले बिदेशी लगानीकर्ताहरु पनि यहाँको नागरिकता लिनको लागि यस्तै बाटो अपनाउने गर्छन ।

४. इक्वेडर

तपाइँसँग एक हजार डलर छ भने र तपाइको कुनै आपराधिक कृयाकलापमा संलग्न नभएको हुनुहुन्छ भने तपाइले यो देशको नागरिकता लिन सक्नुहुन्छ । यसै साथै तपाइको आम्दानी हरेक महिना आठ समय डलर हुनुपर्छ साथै यहाँको बैंक वा रियल स्टेटमा २५ हजार डलर इन्भेस्ट हुनुपर्छ ।

५. हंगेरी

हंगेरीमा पनि नागरिकता पाउन सहज छ । यसको लागि तपाईले हंगेरी सरकारलाई लगानी गर्नको लागि ३ लाख डलर दिनुपर्ने हुन्छ । एक पटक यो लगानी गरेपछि तपाईले २ महीना भित्र यहाँको नागरिकता दिइन्छ ।

६. मेसेडोनिया

मेसेडोनियाको नागिरकताको लागि सहज मानिन्छ । यदि तपाइँ यो देशमा व्यवसाय गर्नुहुन्छ र लगानी ४ लाख यूरो छ भने तपाइले एक बर्ष भित्रै यहाँको नागरिकता पाउन सक्नुहुन्छ।

७. पनामा
एक मेडिकल टेस्ट पास गरेपछी र पाँच बर्षसम्म पनामामा बसेपछी तपाइँले यहाँको नागरिकता पाउन सक्नुहुन्छ । यसको साथै यदि तपाई कुनैपनि पनामाको नागरिकता भएको महिला वा पुरुषसँग बिबाह गर्नुभएको अवस्थामा पनि यहाँको नागरिकता तत्काल पाउन सक्नुहुन्छ ।८. पाराग्वेपाराग्वेको नागरिकता पाउनको लागि तपाइँले ५ हजार २ सय डलर पाराग्वियन बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । यसको तीन बर्षपछी तपाई यहाँको स्थाई नागरिक बन्न सक्नुहुन्छ ।९. सेशेल्ससमुद्र र पहाडले घेरिएको सेशेल्स बस्नको लागि निकै रमाइलो र शुन्दर देश हो । यहाँको नागरिकता पनि सजिलै पाउन सकिन्छ, यसको लागि तपाइँसँग जम्मा डेढ लाख सेशेल्स करेन्सी हुनुपर्छ । यसको साथै यहाँको आर्थिक, समाजिक र सांस्कृतिक जीवनमा तपाइले योगदान दिएको हुनुपर्छ ।योसामाग्रीकेबलजानकारीकालागिमात्रहो।तपाईजहाँजुनदेशमाहुनुहुन्छत्यँहीखुसीहुनुस्त्यहीनैहोतपाईका m>लागिअमेरिकारअष्ट्रेलिया,आखिरजुनदेशरजुनकुनामाबसेपनिआफ्नोलागैआफैलेगर्नुपर्छ,दुखनगरीजिन्दगीचल्दैन।यदीतपाईप्रगतीचाहनुहुन्छभनेआफ्नोकामलाईनिरन्तरतादिनुहुनअनुरोध।यससामाग्रीलाईकेबलजानकारीकारुपमामात्रलिनुहोला।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: