Todays Nepal
No1 Nepal's Complete News Sites

नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

7,782

सरकारले रोजगारीका लागि कोरिया जान आवेदन दिएका ७५ हजार युवाहरुको प्ररम्भिक छनोटका लागि लिईने भाषा परीक्षाको तयारी पुरा गरेको छ ।

तयारीसँगै नक्कली परीक्षामा नक्कली परीक्षार्थी भएको शंका लागे सोधपुछ गरिने र गल्ती देखिएका प्रहरीलामा जिम्मा लगाई कानुनी कारबाही गरिने जनाएको छ ।

शाखाले अघिल्लो वर्ष जस्तै यो वर्ष पनि शंकापद नक्कली परीक्षलाई रोक्नका लागि संक्कल एमआरपी र रंगिन प्रवेशपत्र अनिवार्य गरेको छ । परीक्षामा शंकास्पद नक्कली परीक्षार्थी पहिचानका लागि कोरिया र नेपाल पक्ष मिलेर नियन्त्रण गरिने जनाएको छ ।

परीक्षामा प्रत्येक परीक्षार्थीलाई नाम, रजिष्ट्रेशन नम्बर उल्लेखित प्रश्नपत्र र उत्तर पुस्तिका उपलब्ध गराइने जनाउदै परीक्षर्थीलाई प्रश्नपत्र र उत्तरपुस्तिकामा उल्लेखित आफ्नो नाम तथा रजिष्ट्रेशन नम्बर मिले नमिलेको यकिन गर्न समेत शाखाले अनुरोध गरिएको छ । परीक्षामा अनुचित कार्य गर्ने परीक्षार्थीलाई परीक्षाबाट निष्कासित गरी दुई वर्षसम्म भाषा परीक्षाबाट वञ्चित गरिने जनाईएको छ ।

रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत जेठ २७ र २८ गते संचालन हुने आठौं इपिएस टपिक (भाषा परीक्षा) का लागि काठमाडौ उपत्यकाका २६ स्थानमा परीक्षा केन्द्र कायम गरेको छ । यस मध्ये काठमाडौंमा १९ र ललितपुरमा ९ वटा कलेज तथा स्कुलमा भाषा परिक्षा केन्द्र कायम गरिएको वैदेशिक रोजगार विभाग इपीएस शाखाका अधिकृत शोभाकर भण्डारी जानकारी दिए ।

यो वर्ष ७५ हजार ६१२ युवाले रोजगारीका लागि कोरिया जान अनिवार्य गरिएको भाषा परीक्षामा सहभागीता जनाउदै छन । शनिबार र आइतबार प्रतिदिन २ सिफटमा परीक्षा संचालन गरिने वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षा विहान ८ बजे र दिउसो १२ बजे हुने जनाइएको छ ।

परीक्षा कोरियाको मानब संषाधन विकास बोर्ड (एचआरडी) का प्रतिनिधीको रोहवरमा संचालन हुँदै छ । परीक्षाबाट ४ हजार उत्पादन र ६ हजार २ सय कृर्षि क्षेत्रका लागि नेपाली कामदार लैजाने कोरियाको योजना रहेको छ । परीक्षा मार्फत छनोट गरेका यि कामदारको माग सन २०१७ को अन्त्यबाट शुरु हुने जनाईएको छ । यो छनोट संख्या गत वर्षको तुलनामा तेब्बर बढी हो ।

रोजगारीका लागि कोरिया जान परीक्षा फारम, स्वास्थ्य परीक्षण, रोजगार दरखास्त, अभिमुखिकरण तालिम, बिमा, भिसा शुल्क र हवाई टिकटका लागि लगभग ९० हजार रुपैया लाग्ने गरेको छ ।

लागतभन्दा मासिक परिश्रीमक बढी भएकाले कोरिया नेपाली कामदारको आकर्षक गन्तव्य मुलुक मानिन्छ । कोरियामा हाल ४० हजारभन्दा बढी नेपाली कृषि तथा उत्पादनमूलक क्षेत्रमा कार्यरत छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: