Todays Nepal
No1 Nepal's Complete News Sites

सन्नी लिओनीको बिरुद्द भारतमा अभियान

226

पुर्ब पोर्न स्टार तथा अभिनेत्री सन्नी लिओनी सर्बाधिक चर्चामा रहने मोडल तथा अभिनेत्रीको सुचिमा पर्छिन् ।उनी २०१७ मा समेत गुगलमा सबै भन्दा बढी सर्च हुने सेलेब्सको नम्बर १ मा परेकी छिन् ।

विश्वभर उनका फ्यानहरु भएता पनि उनलाई भारतमा नस्वीकार्नेहरु उत्तिकै छन्। वेङ्लोरमा उनको सहभागिताको विषयलाई लिएर तनाव उत्पन्न भएको छ । न्यू इयरको इभेन्टमा उनको सहभागिताको विषयलाई लिएर उनको विरुद्ध अभियान नै छेडिएको छ।

सन्नी लियोनीले मान्यता टेक पार्कमा नयाँ वर्षमा प्रस्तुती दिने भएपछि त्यसको विरुद्धमा उत्रिएको छ कर्नाटक रक्षण वैदिक युवा सेना। उनीहरुले सन्नीका तस्बिरहरु मात्र जलाएनन् कि कर्नाटकको संस्कृतिमाथि हस्तक्षेप गरेको आरोपसमेत लगाएका छन्। यतिसम्म कि सन्नी लियोनीले टेक पार्कमा प्रस्तुती गर्न दिएमा आत्महत्या गर्ने चेतावनीसमेत दिएका छन्।

युवा सेनाका प्रदेश अध्यक्ष हरिषले भने सन्नीले सारी लगाएर पर्फर्मेन्स दिएमा कुनै आपत्ती नहुने बताएका छन्। युवा सेनाको चेतावनीका कारण प्रहरी पनि समस्यामा परेको छ । सरकारको निर्देशनको पर्खाइमा प्रहरी छ । गृह मन्त्रालयका अधिकारी समेत लिओनीको पक्षमा देखिएका छैनन्।

एजेन्सीको सहयोगमा ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: