Todays Nepal
No1 Nepal's Complete News Sites

सरकार छोड्ने माओवादीको निर्णय, मन्त्रीहरुले आजै सामूहिक राजीनामा दिँदै

7,510

नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीले आज सामूहिक राजीनामा दिने भएका छन् ।

माओवादी मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री एवं माओवादी नेता महेन्द्र बहादुर शाहीले बताए । उनका अनुसार सरकारमा माओवादीका तर्फबाट नेतृत्व गेका नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले गीरीराजमणी पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल भएगरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: