Todays Nepal
No1 Nepal's Complete News Sites

कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

6,806

कोरियामा एक नेपाली युवक झुन्डिएको अबस्थामा मृत फेला परेका छन् । महोत्तरी बर्दिवास घर भै करिब ७ महिना पहिला कोरिया आएका प्रकास थापा मगर बुधबार बिहान मृत फेला परेको संगै काम गर्ने नेपाली लाइ उद्दृत गर्दै एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले हेल्लो नेपाल कोरिया डट कम लाइ बताइन ।

मगर लाइ बुधबार बिहान संगै कार्यरत नेपाली साथीहरुले झुन्डिएको अबस्थामा मृत फेला पारेका थिए । २५ बर्षीय मृतक मगर कोरियाको पोछनमा एउटा कृषि फारममा कार्यरत थिए । उक्त फारममा ३ जना नेपाली कार्यरत रहेको बुझिएको छ । श्रोतका अनुसार कपालको रौँ झर्ने समस्या भएपछी उपचारको लागि नेपाल जान गत मंगलबारको टिकट समेत लिएका थिए । हिजो नै नेपाल जानु पर्ने मान्छे तर आज कोरियामै मृत अबस्थामा फेला परेका छन् ।

हाल मृतकको शब प्रहरीले नजिकैको अस्पतालमा राखेको छ । संगै कार्यरत नेपाली लाइ प्रहरीले सोधपुछको लागि प्रहरी चौकी लागेको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: