Todays Nepal
No1 Nepal's Complete News Sites

चिन एलियनसँग सम्पर्क गर्न सक्ने विश्वकै पहिलो देश बन्ने

7,733

अन्तरिक्षमा सुपरपावर (सर्वशक्तिमान) बन्ने कार्यमा अगाडि बढ्दै गरेको छिमेकी देश चीनले हालै एउटा ठुलो दावा गरेको छ । चीनको भनाई अनुसार यदि उनीहरुले भने जस्तै भयो छिट्टै एलियन (अन्तरिक्ष मानव) सँग सम्पर्क गर्न सफल हुने संसारकै सबैभन्दा पहिलो देश हुने दाबी उसले गरको छ । एलियन्ससँग सम्पर्क स्थापित गर्ने काममा निकै नजिक पुगिसकेको चीनले खुलासा गरेको छ । चीनीयाँ वैज्ञानिकहरुका अनुसार कुनै दोस्रो ग्रहमा बस्ने जीवहरुसँग सम्पर्क गर्ने दिशामा आफूहरु द्रुत गतिमा अगाडि बढीरहेको बताएका छन् ।

जसका लागि चिनले संसारकै सबैभन्दा ठुलो रेडियो डिश बनाएको छ । उक्त डिशले अन्तरिक्षमा गुन्जिने सानो भन्दा सानो आवाज पनि पत्ता लगाउन सक्ने खुबी राख्दछ । उक्त डिश ५०० मीटर एपर्चर भएको गोलाकार टेलीस्कोप हो जुन पोर्टोरिकोमा अमेरिकाको एरिसिबो ऑब्जर्वेटरी भन्दा २ गुना ठुलो रहेको छ ।

२०१६ मा चीनले अ-आफ्नो नयाँ प्रयोगशाला टिएनगोंग २ को लो-ऑर्बिटमा स्थापित गरेर स्पेस एक्सप्लोरेशनको पावर हाउस बनेको थियो ।

चीनले पछिल्लो हप्ता ग्रेट वाल अफ चाइनाको माथि यूएफओ देख्नुको साथै दर्जनौं संदिग्ध एक्स्ट्राटैरेटेरियल एनकाउंटर्स पनि देखेको दावा गरेको छ । रिपोर्टको अनुसार चीनले अन्तरिक्षको खोज र अन्य आकाशगंगा बाट आउने एलियनको संकेतको पत्ता लगाउनका लागी अरबौ पाउण्ड खर्च गरेर दुनियाको सबैभन्दा ठुलो डिश लगाएको हो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: