Todays Nepal
No1 Nepal's Complete News Sites

कोरियामा यौन रोगीदेखि जेलसम्म नेपाली युवाहरु, मोजमस्तीका नाममा यसरी फस्छन

3,523

डडेल्धुराका रमेश महरा (नाम परिवर्तन) अविवाहित हुन कोरिया आएको चार बर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए ।

महिनामा कम्तिमा दुई पटक यौन बजारमा उनको बाँस हुन्थ्यो उनी सोच्दथे रङ्गरमार्र्र्ईलो बिनाको के जीवन । दुर्भाग्य आज उनी दश महिनादेखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन् ।

दाङ्ग घर बताउँने मुरारी कोरिया आएको दुई बर्र्ष पुरा भयो । उनी जेजु प्रान्तको जेजु सिटीको एक कृषि फर्र्ममा काम गर्र्र्दथे । उनको फर्ममा भियतनामी महिला चार र उनी एकला पुरुष थिए । काम गदै जाँदा एक भियतनामी महिलासँग प्रेममा परे । दुर्ई हप्तामा एकपटक बिदा पाइने आइतबार लजमा बिताउँथे ।

यो प्रक्रिया ६ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन्, उनी झुटो प्रेममा परे । पछि उनै महिलाले आफू गर्र्भवती भएको बहानामा ६० लाख कोरियन वोन कुम्ल्याएर कुलेलाम ठोकिन । पछि बल्ल उनले ती महिला अवैधानिक भएको चाल पाए ।

भैरहवाका महतब आलम बुसानको मोटर पार्र्टस कम्पनीमा काम गर्र्छन । उनको आम्दानीको अधिकांश रकम उनी मसाजसहित यौन मामलामा खर्च गर्र्र्दछन् । हप्ताभरीको थकान मेटाउने यहि माध्यम उपयुक्त भएको उनको मान्यता छ । तर उनलार्ई यसबाट भबिष्यमा आर्ईपर्र्न सक्ने समस्याको बारेमा सोच्ने समय छैन ।

पर्वतका हरि खत्री ख्यङ्गदोको ह्वासाङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनीले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियनसँगै उपस्थिती भए, खाए अनी रमाए । रात छिप्पिदै गयो मात बढदै गयो रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतिमा यौन सम्बन्ध बनाए । तर, तीन दिनमै ती महिलाले आफूलार्ई बलात्कार गरेको उजुरीका आधारमा गिरप्तार भई जेल पुगे ।

दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ बर्र्षीय कोरियन महिला जियुले आफना लगभग डेढ दर्र्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एक रातको दुर्ई लाख कोरियन वोन खर्च गर्र्ने गरेको बताउँछिन । साथै यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियन वोन खर्र्च गर्ने गरेको देखिन्छ । जुन अती नै खतरनाक अबस्था हो साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्र्र्न पछि नपर्र्ने कारणको रुपमा लिन सकिन्छ ।

दक्षिण कोरियाकोे सेक्स बजार पूर्णरुपमा बैधानिक नभएता पनि सेक्स बजारको मासिक हिसाबकिताब बिलियनमा हुने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी बिदेशी हुने गरेको स्वंयम कोरियन बताउने गर्र्दछन । बिशेष गरि कोरियामा अनुमानित हजारभन्दा बढी मसाजसहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाउँमा नेपाली युवाहरुको भिड हुने स्वयम् नेपालीहरु बताउँछन । – अर्जुन बराल

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: