Todays Nepal
No1 Nepal's Complete News Sites

टोकियो ओलम्पिकमा आगन्तुकको स्वागत रोबोटबाट गरिने

32

टोकियोओलम्पिक२०२० मा आगन्तुकहरुको सामान उठाउने देखि भाषिक समस्या समाधानका लागि सातवटा नयाँ रोबोट सार्वजनिक गर्दै एक अधिकारीले रोबोटले भरिपूर्ण एयरपोर्ट प्रवेशको अपेक्षा गर्न सकिने बताएका छन् ।

हनेडा एयरपोर्टमा प्रदर्शनमा राखिएका ७ मध्येको एक रोबोटले विभिन्न चार भाषामा लगातार व्याख्या गर्न सक्छ । आगन्तुकहरुले माइकमा बोलेपछि त्यसको उल्था एकैछिनमा स्मार्ट स्क्रीनमा देखिने छ । सानो सेतो संगको मानवयन्त्र, सिनामोनले सहयोग चाहिएको छ की भन्दै भ्रमणकर्ताहरुको नजिक आउने छ । अर्को रोबोटले एयरपोर्टबाट भ्रमणकर्तासम्म सामान पुर्याउने कार्य गर्ने छ ।

जापानएयरपोर्ट टर्मिनलका एक प्रतिनिधि युताका कुरातोमीले २०२० सम्ममा टर्मिनलहरु रोबोटले भरिभराउ हुने आशा व्यक्त गर्दै भ्रमणकर्ताले यन्त्रसंग वार्तालाप गरेको सामान्य रुपमा हेर्न सकिने प्रतिक्रिया व्यक्त गरे । आगामी टोकियो ओलम्पिकमा जापानले आफुसंग भएको विश्वकै उत्कृष्ट प्रविधि प्रदर्शनको अपेक्षा राख्ने विदेशी अवलोकनकर्ताका लागी उक्त योजना लक्षित गरिएको छ । एएफपीसंगको कुराकानीमा कुरातोमीले विदेशीहरुले जापानीहरु निकै सहयोगी छन् भन्ने सोचुन भनेर यस्तो गरिएको बताए । बढ्दो बृद्ध जनसंख्याका कारण न्युन हुँदै गरेको श्रमिकलाई मध्यनजर गरेर पनि जापानले रोबोटको प्रयोग गरेको हो । २०२० ओलम्पिकको आयोजकको हैसियतले विदेशबाट पर्यटकको बढ्दो चापलाई ध्यानमा राख्दै कर्मचारीको अभाव नहोस भन्ने आशामा जापान रहेको छ । जनवरी ९ देखि रोबोटहरु एक महिनाका लागि हनेडामा परीक्षणका लागि राखिने छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: