Todays Nepal
No1 Nepal's Complete News Sites

१४ वर्षिय बालिकालाई अपहरण गरेको आरोपमा जापानमा २७ वर्षिय व्यक्ति पक्राउ

41

फुकुइ प्रान्तबाट १४ वर्षिय बालिकालाई अपहरण गरेर आइकी प्रान्तस्थित आफ्नो घरमा लगेको आरोपमा २७ वर्षिय व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएका छन् ।

शनिबारको पहलो प्रहरमा ओकाजाकीस्थित आफ्नो घरअगाडी माध्यमिक विद्यालयकी विद्यार्थीसंग देखिएपछि युइची तोरी नामक व्यक्ति पक्राउ परेका हुन् । सामाजिक संजालबाट उक्त बालिकासंग लगाव भएपछि तोरीले नोभेम्बर ३० मा अपहरण गरेको प्रहरीको आशंका रहेको छ ।

उनी हराएकै दिन उनका परिवारका सदस्यहरुले प्रहरीलाइ जानकारी गराएपछि प्रहरीले खोजीकार्य सुरु गरेका थिए र सीसी क्यामेराको भिडियोबाट उक्त बालिकालाई तोरीसंग देखेपछि पक्राउ गरेको प्रहरीले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: