Todays Nepal
No1 Nepal's Complete News Sites

गुलियो चिसो स्लाइस पिउने बानी छ ? एकपटक यो भिडियो हेर्ने कष्ट गर्नुहोला

8,691

ललितपुरको सातदोबाटोस्थीत रिङ रोड छेवैमा रहेको एउटा किराना पसलमा मंगलबार बिहान स्लाईस नामक पेय पदार्थमा घिनलाग्दो फोहोर भेटियो । एक टेलिभिजनको मिसन न्युज क्रियुले दिएको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्टोरमा छापा मार्दा १६ बोटल स्लाइस लेदोयुक्त भेटियो ।

अखाद्य पदार्थ रहेको भनिएको १६ बोटलमध्ये विभागले परीक्षणका लागि दुई बोटल लगेको छ । बाँकी १४ बोटल सुरक्षित राख्न स्टोरलाई विभागले पत्र थमाएको छ । विभागले भने अनुसार ल्याबमा उक्त पेय पदाक्ष र्थ पठाइने छ । र त्यसको रिपोर्ट अनुसार दोषीलाई कार्बाहीको प्रक्रिया अघि बढ्छ ।

विषादीयुक्त खाद्यन उपभोग गर्न जनतालाई विवश पार्ने, विरामी भएर अस्पतालको चौघेरामा मानिसलाई सिमित पार्ने । आम जनता यसरी नै पिडित बनिरहनु पर्ने नियती, आँखीर कहिलेसम्म ? यस विषयमा तयार पारिएको कार्यक्रम ‘मिसन न्युज’को पुरा अंश हेर्नुहोस…

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: