Todays Nepal
No1 Nepal's Complete News Sites

कालीमार्सी चामलको माग काठमाडौंमा उच्च, कतिपर्छ १ किलोलाई ?

9,076

अहिले निकै चर्चा छ काली मार्सी चामलको । अझ भनौं तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा खाना खाएको प्रसंगको । त्यसयता सदनदेखि सडकसम्म मार्सी चामलकै चर्चा छ ।

२०७४ फागुन ६ गते झपास्थित प्रस्तावित वी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले भक्तपुरस्थित निवासमा ओली र दाहाललाई खाना खुवाए । दुई नेताको ‘डाइनिङ टेवुल’मा चरेसको थालमा देखिएको मार्सी चामलको भातले पार्टी एकीकरण गाँठो फुकाउनसमेत भूमिका खेलेको बताइन्छ ।

तर, खानाको अन्तर्य विपक्षी नेपाली कांग्रेसको जिकीरअनुसार त्यतिबेला खुल्यो, जव अध्यादेशका केही प्रावधान खुकुलो बनाएर सरकारले राष्ट्रिय चिकित्सा विधेयक सदनमा पेश ग¥यो । जसलाई विपक्षीले ‘मार्सीको भातमा अडिएको समाजवाद’ भनेर संसदमै ब्यङ्ग्यसमेत ग¥यो ।

सत्ता र व्यापारीको साँठगाँठसँग जोडिन पुगेको मार्सी चामल आफैंमा भने लामो इतिहास बोकेको फाइदाजनक अन्नबाली हो । जुम्ला लगायत हिमाली क्षेत्रमा खेती हुँदै आएको यो चामलको इतिहास झन्डै सात सय वर्ष पुरानो मानिन्छ । चौधौं शताब्दी आसपास जुम्लाका इष्टदेवता चन्दननाथ बाबाले भारतको जम्मू कश्मिरबाट मार्सी धान भित्र्याएको किम्वदन्ती छ ।

पछिल्लो समय चर्चा आएपछि कस्तो हुँदो रहेछ त भनेर मार्सी चामलको भात चाख्न खोज्ने बढेकाले जुम्लादेखि कालीमार्सी धान ल्याएर काठमाडांैमा व्यावसाय गर्नेलाई भ्याइ नभ्याइ छ । चर्चाकै कारण व्यवसायीलाई माग धान्न गाह्रो भइरहेको छ ।

संसारमा रातो रङको चामल दस प्रजातिभन्दा बढी छन । जुम्लाको मार्सी चामल तिनैमध्ये एक हो । मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ ।

त्यही भएर यो समुद्री सतहबाट करिब ३ हजार मिटरसम्मको उचाइमा फल्छ । नेपाल, भुटान, भारत, पाकिस्तानलगायत देशका हिमाली क्षेत्रमा यो धान फल्छ । मार्सी चामलको मूल्य जुम्लामा प्रतिकिलो १२०-१३० रुपैयाँसम्म पर्छ । काठमाडौंमा भने २ सय ५० रुपैयाँसम्म विक्रि भइरहेको छ । ओली र दाहालले खाएको सार्वजनिक भएपछि एकाएक चर्चामा आएको कालीमार्सी लोपोन्मुख धान हो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: