Todays Nepal
No1 Nepal's Complete News Sites

छाडीजाने आमालाई मृगौला पीडित समिरले गाए यस्तो गीत, दिनेशले गरे सहयोग

8,821

आमा ममताका खानी हुन्छन्। उनीहरु सन्तानलाई जस्तो सुकै कठोर समस्याबाट बनाउन चाहन्छन् र सन्तानलाई नै आफ्नो सर्वश्व ठान्छन् । तर, समिरले भने न त आमाको माया पाउन सक्ने, न त बिरामी अवस्थामा आमाको साथ पाइरहेका छन्।

समिर सानो छँदा नै उनकी आमाले छोडेर गइन्। सात कक्षामा पढ्दा पढ्दै उनी बिरामी हुन थाले र पछि थाहा भयो कि, उनको मृगौलाले काम गर्न छोडेको छ । विशेषगरि फुपूको सहयोगमा समिर अस्पतालसम्म पुगे। अहिले सहयोगी हातहरुको सहयोगले उनले जीवन प्रति एउटा आशा पाएका छन् ।

समिरलाई सहयोग गर्नको लागि कार्यक्रम बुगी वुगीका उद्घोषक दिनेश काफ्ले समिरकहाँ पुगेका थिए । आफ्नो जन्मदिनको अवसरमा उनले समिरलाई केही रकम सहयोग गरेका छन्। उनले गायनमा रुची राख्ने समिरलाई कुनै एउटा गीत गाउन दिएर रेकर्ड गराउने समेत बताएका छन्।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: