Todays Nepal
No1 Nepal's Complete News Sites

यी हुन टप ५ महिला प्रहरी (भिडियोसहित)

8,627

देशभर कुल ७५ हजार ८ सय ४४ प्रहरी दरबन्दी मध्ये ५ हजार ६ सय ९५ जना महिला प्रहरी कार्यरत रहेका छन् । यो संख्या जम्मा प्रहरी दरबन्ददिको ७ दशमलव ५ प्रतिशत मात्रै हो । त्यसमा पनि प्रहरी सेवामा महिलाहरु प्रहरी नायब महानिरीक्षक (डीआइजी) सम्म मात्रै पुगेका छन् ।

नेपाल प्रहरी अस्पतालमा दरबन्दी रहेका डा. दुर्गा थापा र डा. आशा सिंह बहालवाला डीआइजी हुन् । यसअघि विमला थापा र पार्वती थापाले डीआइजीबाटै अनिवार्य अवकाश पाएका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार प्रहरी बरिष्ट उपरिक्षक (एसएसपी) मा २ जना महिला प्रहरी कार्यरत छन् । महानगरिय प्रहरी प्रधान कार्यालय रानीपोखरीमा पुजासिंह र कुकुर विद्यालयमा डा. देवती गुरुङ कार्यरत छिन् ।

त्यस्तै प्रहरी उपरिक्षक (एसपी) मा १२ जना महिला प्रहरी रहेका छन् । जसमा मिरा चौधरी जिल्ला प्रहरी कार्यालय बारा, किरण बज्राचार्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैया बारा, दुर्गा सिंह जिल्ला प्रहरी कार्यालय दाङको प्रमुखका रुपमा कार्यरत छन् । यस्तै प्रहरी प्रधान कार्यालय महिला बालबालिका सेवा केन्द्रमा किरण राणा कार्यरत छन् ।

नेपाली प्रहरी अस्पतालमा एसपीहरु डा. संजिता दाहाल, डा. दिपा नुछे प्रधान, डा. दिल कुमारी गुरुङ, डा. सावित्र जंगम र डा. छाया देवी गुरुङ कार्यरत छन् । यस्तै प्रहरी प्रधान कार्यालय मावनअधिकार इकाईमा गांगा पन्त एसपीको रुपमा कार्यरत छिन् भने तारादेवी थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठानमा एसपीकै रुपमा कार्यरत छिन् ।

तथ्याङ्क अनुसार १६ जना महिला प्रहरी प्रहरी नायव उपरिक्षक (डीएसपी), प्रहरी निरीक्षक (इन्सपेक्टर) ९६, प्रहरी नायव निरीक्षक (सई) २ सय ६१ र प्रहरी सहायक निरीक्षक (असई) मा ४ सय ९ जना महिला प्रहरी कार्यरत छन् । त्यस्तै प्रहरी हलवदार ५ सय ४४, प्रहरी जवान ४ हजार ५१ र प्रहरी कार्यालय सहायक ३ सय २ जना महिला गरि ५ हजार ६ सय ९५ जना महिला प्रहरी कार्यरत रहेका छन् ।

यिनै मध्येका ५ महिला प्रहरीको नाम हामीले उल्लेख गर्ने कोशिस गरेका छौं । कार्य क्षमता र चर्चा परिचर्चाको हिसावले अगाडि रहेका महिला प्रहरीहरु हाम्रो सूचीको अगाडि रहेका छन् । त्यसैगरी हामीले २ दर्जन बहालवाल प्रहरीहरु, १ दर्जन सेवानिबृत्त प्रहरीहरु र सुरक्षा सम्बन्धि बीटमा कार्यरत आधा दर्जन पत्रकारहरुसँग पनि परामर्श गरेर यो सूची तयार गरेका हौं ।

विस्तृत रुपमा जान्न हेर्नुहोस् भिडियो:

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: