Todays Nepal
No1 Nepal's Complete News Sites

रुकुममा बस दुर्घटना १ को मृत्यु, १६ गम्भीर घाइते

9,682

रुकुम पश्चिमको सल्लेबाट मुसिकोट बजारतर्फ आउँदै गरेको ना ५ ख ६५१० नम्बरको बस दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका-१ की २५ वर्षीया सपना मल्ल भण्डारी रहेकी छन् । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

जसमा ८ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते मुसिकोट नगरपालिका-१ की ८ वर्षीया बालिका नबीना थापालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।

अन्य घाइतेहरुलाई जिल्ला अस्पताल रुकुममा उपचारका लागि भर्ना गरिएको छ । दुर्घटनाबारे अनुसधान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: