Todays Nepal
No1 Nepal's Complete News Sites

९ बर्षमा १८ गर्लफ्रेन्ड बनाउने गायक जस्टिन बीबरले विवाह गर्ने, को हुन् हुनेवाली पत्नी ?

9,710

सानै उमेरमा विश्व पप संगीतलाई तरंगीत बनाएका गायक हुन्, जस्टिन बीबर, जो गीत र स्टेज पर्फमेन्सको कारणले मात्र चर्चित भएनन् । खासगरी किशोरवयको पूवार्द्धमै उनको लभ अफेयर पनि विश्वकै मिडियाको लागि मसला बनिरह्यो । फुच्चे अवस्थाका उनी आफ्नै दावली गायिका तथा मोडल सेलेना गोमेजसँग लामो समय अफेयरमा रहे ।

उनीहरुको यो जोडीलाई विश्वकै लोभलाग्दो जोडीको रुपमा लिइयो । यसवीचमा उनीहरुले समुन्द्री तटमा डेटिङ जानेदेखि अनेक हर्कत गर्नसम्म भ्याए, जो मिडियाबाट लुक्न सकेन । अनुमान के गरिन्थ्यो भने, जस्टिन र सेलेनाले कुनै दिन औपचारिक रुपमै जोडी बाँध्नेछन् । हालै मात्र उनले आफ्ना लागि नयाँ जीवनसंगी छनौट गरिसकेका छन् । कुरा अझ एक कदम अगाडि बढिसकेको छ । अर्थात उनीहरुबीच इंगेजमेन्ट समेत भइसकेको छ ।

अब पक्कै कौतुहलता लाग्छ, के उनले सेलेनासँग इंगेजमेन्ट गरे ? होइन । उनको दिलकी राजकुमारी रहिछन्, हेली बाल्डविन । उनी अमेरिकी मोडल हुन् । विश्वका प्रतिष्ठित संचार संस्थाहरुले यो कुरालाई पुष्टि गर्दै समाचार लेखेको छ ।

जस्टिनको परिवारजनले पनि यसको खुलासा गरेका छन् । जस्टिनका पिता जेरेमीले आफ्ना छोरोको तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन्, ‘आनेवाला समयका लागि उत्साहित छन् ।’ त्यस्तै उनकी आमा पेटिटले ट्वीट गर्दै ‘लभ लभ लभ’ लेखेकी छिन् ।

जस्टिन बीबर आफ्ना पूर्व गर्लफ्रेन्ड सेलेना गोमेजसँग ब्रेकअप भएपछि बाल्डविनसँग नजिकिएका थिए । हेली बाल्डविन विभिन्न म्यागजिनको कभरमा छाइसकेकी छिन् । यसका साथै उनी केही टेलिभिजन शो, म्युजिक भिडियो र विज्ञापनमा देखिएकी छिन् ।

अर्को रमाइलो कुरा, उनी अभिनेता तथा निर्माता स्टीफन बाल्डवीनकी छोरी हुन् । अभिनेता एलेक बाल्डविनकी भतिजी ह्न् ।जस्टिनको करियरको ग्राफ उकालो लागेको पुग नपुग ९ बर्ष भयो । यसबीचमा उनले १८ जना गर्लफ्रेन्डसँग चक्कर मारे ।

सेलेना गोमेजसँगको उनको अफेयर सर्बाधिक चर्चामा रह्यो । जस्टिन र सेलेनाबीचको अफेयर, डेटिङ र ब्रेकअपको प्रसंगले संचार माध्याम तताइरह्यो । दुबै विश्वले चिनेका सेलिब्रेटी । किशोरवयका । रुपरंग मिल्ने । धेरैले उनीहरुको जोडी कायम रहोस् भन्ने चाहे । तर, २०१३ मा जस्टिन र सेलेनाको सम्बन्धमा पूर्ण बिराम लाग्यो ।

त्यसपछि जस्टिन सोफिया रिचीसँग मस्ती गर्न थाले, जो चर्चित पप सिंगर पनि हुन् । सोफियापछि हेली बाल्डविन, एरियाना ग्रान्डे, केन्डल जेनर, जेड पियर्स, निकोल पेल्ट्ज, योवाना वेंचु्रा, शनीना शैक, मिरन्डा केर, बारबरा पालविनदेखि माइली साइरससम्म उनको अफेयर चल्यो । श्रोत अनलाइन खबर

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: