Todays Nepal
No1 Nepal's Complete News Sites

सुन्दरी नायिका सञ्चिता लुइँटेलको यस्तो रहेछ सुन्दरताको राज, खोलीन् आँफैले पोल

9,731

समय र ठाउँअनुसार आफूलाई पहिरनले सजाउनुपर्ने हुन्छ । त्यसमा पनि हामी पब्लिक फिगरले अझ यो कुरामा बढी ध्यान दिनुपर्छ । त्यसैले म पनि समय र अवस्थालाई हेरेर अथवा कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमको स्वरूप हेरेर ड्रेसअप गर्ने गर्छु । साथै, पहिरन मलाई कम्फर्टेबल हुन पनि जरुरी छ ।

क्याजुअल साधारण समयमा म प्रायः हल्का खालका कपडा लगाउन रुचाउँछु । टिसर्ट, ट्राउजर अथवा जिन्स एकदम सहज लाग्छ । कार्यक्रममा बाहेक सामान्य रूपमा हिँड्न मनपर्छ । जुत्ता अथवा हिल नभएको साधारण स्लिपर लगाउँछु । क्याजुअल लगाउँदा आफूलाई कम्फर्टेबल फिल गर्छु । गर्मी मौसममा सुतीका टिसर्ट, ट्राउजर बढी लगाउने गरेकी छु ।

विवाहमा साडी विवाह समारोहतिर जाँदा प्रायः हामी नेपाली महिलाले लगाउने पहिरन भनेको साडी हो । साडीमा राम्रो पनि देखिन्छ । नेपाली समाजमा महिलाले साडी लगाएको नै राम्रो मानिन्छ । मैले आफू मात्र भन्दा पनि सामाजिक परिवेशलाई ध्यान दिनुपर्ने हुन्छ । हामीप्रतिको धारणा सकारात्मक बनोस् भन्ने प्रयास हुन्छ । त्यसैले म विवाह तथा पूजा, व्रतबन्धजस्ता समारोहमा जाँदा साडी नै लगाउँछु । त्यहीअनुसार गहना र स्यान्डल मिलाएर लगाउने गरेकी छु । कहिलेकाहीँ लेहेंगा पनि लगाउँछु । नयाँ पत्रिकामा खबर छ ।

पार्टीमा गाउन तथा वानपिस साथीभाइसँगको रमाइलो भेटघाटमा भने वानपिस बढी लगाउने गरेकी छु । त्यस्तै गेटटुगेदर तथा बर्थडे पार्टीहरूमा भने गाउन र वानपिस लगाउन मनपर्छ । यसमा कहिले डिजाइनर ड्रेस हुन्छ भने कहिले रेडिमेड पनि हुन्छ । यस्ता पार्टीहरूमा नाचगान पनि हुने हुँदा सहज ड्रेसमा सजिन मनपर्छ । पार्टीतिर जाँदा यस्तै ड्रेस उचित पनि हुन्छ जस्तो लाग्छ । त्यहीअनुसारको हाई हिल, ब्लक हिल लगाउने गरेकी छु । यस्तो समयमा अलि फेसनेबल बनेर जान्छु ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: