Todays Nepal
No1 Nepal's Complete News Sites

इंग्ल्यान्डका फ्यानहरुलाई सहनै नसक्ने पिडा, नसाको मातमा रुँदै बाहिरै कटाएर पुरै रात

9,411

बुधबार भएको सेमिफाइनल चरणको अन्तिम खेल अत्यन्तै रोचक बन्न पुग्नुको कारण विश्वकपको दावेदारीको रुपमा हेरिएको टिम इंग्ल्यान्डनै पराजित भएपछी धेरैको आँखा रसाए ।

अतिरिक्त समयमा मारियो माज्डुकिकले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले रसियामा जारी विश्वकपको फाइनलमा स्थान बनाएपछि इंग्ल्यान्डका फ्यानहरुलाई सहनै नसक्ने पिडा बन्न पुग्यो ।

तिन हप्ता लामो विश्वकप यात्रामा इंग्ल्यान्डको ब्रेक लाग्दै गर्दा लन्डनमा ठुलो स्क्रिनमा खेल हेरेर रमाउदै गरेका लाखौं समर्थकको आँखामा आँशु देखिन्थ्यो । कतिपय इंग्ल्यान्डका समर्थकहरु मदिरा पिउदै,रुँदै पुरै रात बाहिरै बिताए।

इंग्ल्यान्डका विभिन्न ठुला शहरहरुमा क्रोएसिया र इङल्यान्ड विच भएको खेल इंग्ल्यान्डका आधा जनसंख्याले हेरेको अनुमान गरिदै आएको छ। ठुलो स्क्रिन टिभीमा फुटबल हेर्नेको लागि मात्रै लाखौंको संक्यामा मानिसहरु भेला भएका थिए।

बुधबार सम्पन्न खेलमा क्रोएसिया र इंग्ल्यान्डले ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । इङल्यान्डलाई ट्रिपियरले खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । तर निकै आक्रामक देखिएको क्रोएसियाबाट खेलको ६८ औं मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काए पछि इंग्ल्यान्ड समर्थकका आँखा रसाउन थाले ।

जितको उत्सव मनाउने अपेक्षा गरेका इंग्ल्यान्डका फुटबल समर्थकहरु हारको गम भुलाउन रातभर बाहिरै मदिरा पिएर बसीराखे।अब सेमिफाइनलमा पराजित भएको इङल्यान्डले शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा सुरु हुने तेस्रो स्थानको प्लेअफ खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा हुने फाइनल खेलमा क्रोएसियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

डेब्यु विश्वकपमै सेमिफाइनल क्रोएसिया

सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएपछि क्रोएसियाले पहिलो पटक सन् १९९८ को विश्वकप खेलेको थियो । त्यतिबेला सेमिफाइनलमा पराजित भएको क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्डस्लाई हराएको थियो ।

त्यसयता सन् २००२ र सन् २००६ को विश्वकपमा समुह चरणबाटै बाहिरिएको क्रोएसिया सन् २०१० मा छनोट समेत हुन सकेन । ब्राजिलमा चार वर्षअघि भएको पछिल्लो विश्वकपमा क्रोयशिया छनोट भएको थियो । तर पहिलो, चरणबाटै बाहिरियो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: