Todays Nepal
No1 Nepal's Complete News Sites

विदेशको भ्रमण रद्द गरेर जापनी प्रधानमन्त्री पुगे नागरिकका घरदैलोमा आशु पुछ्दै

8,640

जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा एक सय ९९ जनाको मृत्यु भएको छ। जापान सरकारका प्रमुख प्रवक्ताले बुधबार सो जानकारी दिएका हुन्। बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या एक सय ९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ।

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन। यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन्। हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ। जापानको क्योडो समाचार संस्थाले मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन्।

जापानको राजधानी टोकियोदेखि छ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ। हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ।

बर्षका कारण देश अस्तव्यस्त बनेपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले केहि दिन अघि बुधबारबाट हुने तय भएको आफ्नो विदेश भ्रमण स्थगित गरेका थिए । उनले बुधबारदेखि बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्ट भ्रमण गर्ने कार्यक्रम थियो।

जापानमा बाढी र पहिरोको प्रकोप जारी रहेको र यसका कारण देशका विभिन्न भू–भागमा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री आबेले आफ्नो भ्रमण स्थगित गरेको जानकारी दिएका थिए । प्रधानमन्त्री आबेले पनि जापानी अधिकारीहरूलाई बाढी र पहिरोको प्रकोप न्यूनीकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकाय र सबै उद्धारकर्मीलाई आदेश दिएका छन्।

बिहिबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ। क्यूशू र शिकोकू द्वीपमा सोमबार आपत्काल घोषणा गरिएको छ। १३ जना बेपत्ता भएको सरकारले बताएको छ। उद्धार कार्यमा ४० भन्दा बढी हेलिकोप्टर प्रयोग भइरहेको छ।

प्रधानमन्त्री सिन्जो आबे बाढीपीडित र आफन्त गुमाएकाहरुलाई भेटि सान्तोना दिदै श्रद्धाञ्जली ब्याक्त गरेका छन् । उनले हस्पिटल देखि बिभिन्न क्षेतिग्रस्त ठाउँको अवलोकन गर्दै आफ्ना नागरिकलाई सान्तोना दिदै सरकारले सहयोग गर्ने आस्वासन दिदै हिडेका छन् । प्रधानमन्त्री स्वयम आफै त्यसरी पिडितहरुलाई भेट्दा सर्वसाधारणले दुखःकै बेला हे पनि खुसीका आँशु झारेका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: